पप्पु कन्स्ट्रक्सनले बनाएको पुल निर्माण नसकिँदै भाँचियो, तोकिएको समयमा कहिल्यै पनि बन्दैन




काठमाडौं। महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ।


 
पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।


पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि २०७४ साउन २९ मा आएको बाढीले पुलमा क्षति पुर्याएकोले निर्माण व्यवसायीलार्इ उक्त क्षतिको समाधान गरी यथाशिघ्र कार्य सम्पन्न गर्न ताकेता गर्दा पनि काम सुरु गरेको छैन्। जसका कारण पुल अलपत्र अवस्थामा रहेको छ।

सडक विभागका अनुसार परामर्शदाता कम्पनीको सुझाव अनुसार पुल नबनाएको, कमजोर कंक्रिट र पिल्लर बनाएका कारण नतिजा कमजोर भएको हो। पुल भाँच्चिएपछि विभागले त्यसको भुक्तानी रोकेको थियो पप्पुले भुक्तानी पाउनुपर्ने भन्दै मुद्धा समेत दायर गरिसकेको छ।

महालेखाको प्रतिवेदन अनुसार लेखा परीक्षणको सिलसिलामा २०७४ माघमा स्थलगत अवलोकन गर्दा एउटा पिलर जमिनमा धस्सिएको र अन्य केही पिलर बाङ्गिएको पाइएको छ। त्यसैगरी पुलका केही स्ल्याब छुट्टिएको र पुलको माथिल्लो सतह तलमाथि भर्इ पुल प्रयोग गर्न नहुने अवस्थामा रहेको, निर्माण कार्य सम्पन्न हुनै लागेको पुल क्षति हुनुमा सम्वन्धित पदाधिकारी पहिचान गरी जिम्मेवार गरार्इएको पाइएन भनि उल्लेख गरिएको छ।
 
डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनका बीचमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६८ असार २२ गते सम्झौता भएको थियो। १६ करोड ६८ लाख रुपैयाँमा खरिद सम्झौता भएकोमा १९ करोड ७५ लाख रुपैया भुक्तानी भएको पाइएको छ।

समयमै आयोजनाको काम नसकिने भएपछि पूर्व निर्धारित क्षतिपूर्ति लिने गरी २०७३ कार्तिकसम्म म्याद थप भएपनि असुल गर्नुपर्ने १ करोड ६६ लाख ८० हजार  रुपैयाँ क्षतिपूर्ति असुल नगरिएको पाइएको छ।

त्यसैगरी महालेखा परीक्षकको प्रतिवेदन अनुसार सुर्खेतको भेरी नदी पुल लामो समयसम्म पनि निर्माण सुरु नभएको उल्लेख गरेको छ। यो पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको छ।

२२.५६ प्रतिशत खर्च भएको भएपनि निर्माण कार्यको कुनै प्रगति देखिएको छैन।यो बर्ष कुनै काम हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

२०६९ सालमा सम्झौता भएर निर्माण कार्य प्रारम्भ गरी २०७२ साल पुसमा निर्माण कार्य सक्ने लक्ष्य भएपनि अझै निर्माण कार्य थालिएको छैन।

त्यसै गरी सिरहाको गिदेरी खोला पुल सम्झौता भएको तीन बर्षमा बल्ल करिव १४ प्रतिशत मात्रै काम भएको पाइएको छ। ठेकेदारकै कारण निर्माण कार्यले गति लिन नसकेको विभागको भनार्इ छ। सडक विभागको अनुसार करिव छ किमी सडक पुल आयोजनाको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको छ। पप्पु कन्स्ट्रक्सनका जिम्मा पाएर निर्माण थालेका अधिकांश पुलमा समस्याहरु हुने गरेका छन्। अधिकांश पुल आयोजनामा अर्को कम्पनीसंग मिलेर जोइन्ट भेन्चर बनाएर काम गर्ने गरेको छ। जोइन्ट भेन्चरमा काम गरेपनि दुवै कम्पनीको जिम्मेवारी बराबर हुने गर्छ।

समयमा काम नसक्ने तथा गुणस्तरीयता कायम गर्न नसक्ने ठेकेदार कम्पनीका रुपमा आलोचित बन्दै आएको छ पप्पु कन्स्ट्रक्सन। सडक विभागका अधिकारीहरु नै उक्त कम्पनीको कामप्रति असन्तुष्ट छन्। तर कालोसुचीमा राख्ने र कारबाही गर्ने आँट कसैले गर्न सकेको छैन।

Share this Story

   

पप्पु कन्स्ट्रक्सनले बनाएको पुल निर्माण नसकिँदै भाँचियो, तोकिएको समयमा कहिल्यै पनि बन्दैन को लागी १ प्रतिक्रिया(हरु)

Akito[ 2018-04-17 02:32:50 ]
Yes lai too karbahi garnu parcha. Yesko company bandha garnu parcha.

   हालसम्म ५२ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.