कमोडिटी एक्सचेन्ज संचालन अनुमतिकालागि सेबोनले माग्यो आवेदन, २१ दिनको म्याद तोक्यो

बिजमाण्डू
२०७५ बैशाख ३ गते १६:२२ | Apr 16, 2018

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्ज संचालन गर्न प्रारम्भिक अनुमति दिने अवधि तोकेको छ। बस्तु तथा विनिमय बजार संचालनको लागि नियमन गर्ने जिम्मा पाएको धितोपत्र बोर्डले एक्सचेन्जको संचालन अनुमति लिन चाहनेकालागि २१ दिनभित्र आउन अनुरोध गरेको छ।

Tata
GBIME
Nepal Life

आजदेखिदेखि २१ दिन भित्रमा निवेदन दिनेले मात्रै एक्सचेन्जको अनुमतिको प्रकृयामा सामेल हुन पाउने बोर्डका सहायक प्रवक्ता निरन्जय घिमिरेले बताए।
बोर्डमा अहिलेसम्म ४ वटाले एक्सचेन्जकालागि निवेदन दिएका छन्। धेरैवटा एक्सचेन्ज आवश्यक नभएको भन्दै बोर्डले सँधै एक्सचेन्ज अनुमति लिनकालागि निवेदन खुला नराख्ने भएको छ। यससँगै अबको २१ दिनमा आएका निवेदन सहितलार्इ अध्ययन गरेर एक्सचेन्जको लाइसेन्स दिने तयारी गरेको जनाएको छ।

वस्तु तथा विनिमय बजार संचालन गर्ने एक्सचेन्जको न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ। हाल तीनवटा एक्सचेन्ज पूर्ण रुपमा संचालन भैरहेको छ तर ऐन नै नहुँदा कम्पनी ऐन अन्तर्गत भैरहेका छन्।
 
नियम तथा निमयनकारी निकाय विना नै संचालन भैरहेको कमोडिटी बजारलाई नियमको दायरामा ल्याउन पनि बोर्डले प्रक्रिया सुरु गरेको छ। बोर्डले एक्सचेन्जको संचालन अनुमति दिए सँगै एक्सचेन्जले ब्रोकर तथा वेयर हाउस संचालन गर्नेछ। नियम अनुसार प्रक्रिया पुर्याउनुकासाथै बजारको माग अनुसार एक्सचेन्ज संचालन गर्ने अनुमति दिने तयारीमा रहेको बोर्डले जनाएको छ।