लगानीकर्ता सकारात्मक भएपछि शेयरबजारमा सुधार, अल्पकालीन लगानीकर्ता सक्रिय हुन थाले

बिजमाण्डू
२०७५ बैशाख ३ गते १५:४४ | Apr 16, 2018

काठमाडौं। सोमबार शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ। सोमबार शेयर बजार मापक सूचक १७.४२ अंकले बढेर १२९७.५७ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले बढेर २७६.२६ अंकमा बन्द भएको छ।

Tata
GBIME
Nepal Life

गत मंगलबार शेयर बजार १२७०.२३ अंकमा रहेको थियो। त्यस यता बजार चार कारोबार दिनदेखि निरन्तर बढिरहेको छ। चार कारोबार दिनमा बजार २७.३४ अंकले बढेको छ।

ब्याजदर र तरलता समस्या यथावत रहेपनि लगानीकर्ता बजार प्रति सकारात्मक हुँदा बजारमा वृद्धि देखिएको इन्भेस्टर फोरमक पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए। बजारमा अहिले अल्पकालीन लगानीकर्ताले बढी शेयर खरिद बिक्री गरिरहेकोले बजारमा सुधार आएको घिमिरेको भनाई छ।

सोमबार १६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता शेयर ५७ करोड ६८ लाख रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको दुई करोड ८१ लाख रुपैयाँको कारोबार भयो।

उपसूचकमा अन्य बाहेक सबै बढेका छन्। अन्य १.२१ अंकले घटेको छ। बैंक ४.२८, होटल ५२.१६, विकास बैंक १६.७५, जलाबिद्युत १२.२३, फाइनान्स १४.६७, बीमा २९३.२४, उत्पादनमुलक ११.२४ र लघुवित्त ७२.११ अंकले बढेका छन्।

सोमबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका शेयर धनीले १० प्रतिशत कमाए। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीले करिब १० प्रतिशत गुमाए।