यूनाइटेड इन्स्योरेन्सले पूँजी बढाउन हकप्रद निष्कासन गर्ने, २४०% हकप्रद निष्कासनको निर्णय




काठमाडौं। यूनाइटेड इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने जनाएको छ। कम्पनीले साबिक १० कित्ता शेयरधनीलाई २४ शेयरका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो।

बीमा समितिले आर्थिक वर्ष २०७४/०७५ भित्र निर्जीबन बीमा कम्पनीलाई एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ। सोहि निर्देशन अनुसार   कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।


पूँजी वृद्धि योजना नियामक निकाय र कम्पनीको साधारणसभाबाट पारित भएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्कासनपछी कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ लाख पुग्ने छ।     

Share this Story

   

यूनाइटेड इन्स्योरेन्सले पूँजी बढाउन हकप्रद निष्कासन गर्ने, २४०% हकप्रद निष्कासनको निर्णय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.