पुराना मोवाइल साटेर नयाँ लिन पाइने एप्पल वर्ल्डको स्किम, बिग्रेको मोवाइल ६० मिनेटमा बनाइने

बिजमाण्डू
२०७५ बैशाख ३ गते १०:४६ | Apr 16, 2018
पुराना मोवाइल साटेर नयाँ लिन पाइने एप्पल वर्ल्डको स्किम, बिग्रेको मोवाइल ६० मिनेटमा बनाइने

काठमाडौं। दरबारमार्गस्थित एप्पल वल्र्ड मोबाइलले पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर सुरु गरेको छ। साथमा ५० प्रतिशतसम्म छुट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। एप्ल वल्र्ड मोबाइलले दशैं तिहारमा सञ्चालन गरेको उपहार कार्यक्रमका बिजेतालाई उपहारसमेत हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

८ गतेसम्म संचालन हुने नयाँ बर्षमा नयाँ मोबाइल अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए। अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सकिनेछ। पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत  ५० प्रतिशत छुटको अफर राखिएको एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए।
 
एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा माथि ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ। जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ।

केएल मोबाइल हब चाबहिल, सिटिसी मलमा रहेको द वल्र्ड भिजन, ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा सञ्चालन गगरिएको दशैं तिहार उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरिएको छ।