एक सातामै ३२ अर्बभन्दा बढि राजश्व संकलन, एकै दिन १२ अर्ब रुपैयाँले कर बढोत्तरी

बिजमाण्डू
२०७५ बैशाख ३ गते १०:०० | Apr 16, 2018
एक सातामै ३२ अर्बभन्दा बढि राजश्व संकलन, एकै दिन १२ अर्ब रुपैयाँले कर बढोत्तरी

काठमाडौं। सरकारले चैत मसान्तसम्म पाँच खर्ब नौं अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। असार मसान्तसम्म सात खर्ब ३० अर्ब रुपैयाँ राजश्व संकलन गर्ने सरकारको लक्ष्य छ। तीन महिना बाँकी  छँदा सरकारले लक्ष्यको ७० प्रतिशत राजश्व संकलन गरेको हो।

Tata
GBIME
Nepal Life

बैशाख २ गतेसम्म सरकारले पाँच खर्ब ११ अर्ब रुपैयाँ राजश्व संकन गरिसेको छ। सरकारले राजश्व थैली वढाउँदै गर्दा विकास निर्माणमा गर्छु भनेको खर्च भने साढे ३५ प्रतिशत मात्र गर्न सकेको छ। सरकारले मसान्तसम्म कुल एक खर्ब १८ अर्ब रुपैयाँ मात्र विकासमा खर्च गर्न सकेको छ।

सरकारले असार मसान्तसम्म कुल ३ खर्ब ३६ अर्ब ६८ करोड रुपैयाँ विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। कर्मचारीलगायत अन्य साधारण खर्च ६५ प्रतिशत गरिसकेको छ। सरकारले मसान्तसम्म पाँच खर्ब २० अर्ब यस्तो खर्च गरिसकेको हो।

सरकारले एक सातामा मात्रै ३२ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ। चैत मसान्तभित्र उद्यमी ब्यवसायीलगायत करको दायरामा आएकाहरुले चालु आर्थिक बर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरण अनुसार तिर्नु पर्ने आयकरको दोस्रो किस्ता वापत ७० प्रतिशतले हुन आउने रकम बुझाउनु पर्छ। त्यही अनुसार चैतमा बैंकहरुलाई आफ्नो पैसा झिकिएर सरकारी कोषमा जाँदा तरलता अभाव बढ्ने चिन्ता थियो।