कमजोर अवस्थाका दुई कम्पनीलाई शेयर निस्काशन अनुमति, खराव पक्ष बारे जानकारी दिनु पर्ने

बिजमाण्डू
२०७५ बैशाख २ गते १७:०३ | Apr 15, 2018
कमजोर अवस्थाका दुई कम्पनीलाई शेयर निस्काशन अनुमति, खराव पक्ष बारे जानकारी दिनु पर्ने


काठमाडौं। वित्तीय विवरण खराव अवस्थामा रहेका तथा प्रति शेयर आम्दानी अति कम भएका दुर्इ जलविद्युत कम्पनीले साधारण शेयर निस्कासन गर्ने अनुमति पाएका छन्। कम्पनीले प्रभावित क्षेत्रका बाशिन्दाका लागि शेयर बिक्री गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका हुन्। 
 
भोलिका दिनमा सन्तोषजनक प्रतिफल दिन नसक्ने भन्दै इक्रा रेटिङले एकदमै कम मूल्याङ्कन भएका जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शुभव पावरले अनुमति पाएका हुन्। 
 
शुभम पावरले एक मेगावाट क्षमताको लोअर पुवाखोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ। इक्रा नेपालबाट इक्रा रेटिङ ५ पाएको पावर प्रोजेक्ट निर्माण सकेको कम्तिमा साढे ८ वर्षदेखि २० वर्षभित्र मात्रै ऋण तिरिसक्ने छ, त्यसपछि मात्र शेयर धनीलार्इ प्रतिफल दिन सक्नेछ। सन् २०११ देखि निर्माण थालेको कम्पनीले पूर्व योजनाभन्दा ३० महिना ढिला काम सक्नेछ। 
 
३ मेगावाट क्षमताको अपर पुवा एक हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ। इक्रा रेटिङ ५ पाएको कम्पनीले व्यावसायिक उत्पादन थालेको ९ वर्षपछि मात्रै ३ प्रतिशतले मुनाफा दिनेछ।
 
वित्तीय विवरण प्रति मेगावाट क्षमता उच्च भएको भन्दै धितोपत्र बोर्डले एक वर्षभन्दा लामो समयदेखि सार्वजनिक शेयर निष्काशनमा रोक लगाएको थियो। 
 
कमजोर वित्तीय अवस्था भएकोलाई शेयर जारि गर्ने अनुमति किन दिइएको भन्ने प्रश्नमा बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले कुनै पनि कम्पनीले शेयर निष्काशन गर्न अवरोध गर्नेभन्दा पनि कम्पनी हेरेर निष्काशन गर्न समन्वय  गर्नु वोर्डको दायित्व सम्झाए। अब यी कम्पनीले आफ्नो कमजोरी आह्वानपत्रमै खुलाएर शेयर जारि गर्नु पर्छ। 
 
दुबै कम्पनीले शेयर निष्काशन गर्दा शुरुमै आफ्नो खराव पक्ष खुलाउनु पर्छ। 'कम्पनीको अवस्था नराम्रो छ भन्ने थाहा पाउँदा पाउँदै शेयरमा लगानी गरेको हुँ भनेर सहमत जनाएर मात्रै लगानी गर्ने व्यवस्था मिलाएका छौं,' घिमिरेले भने। 
 
जोशी हाइड्रोपावरले तीन करोड ७१ लाख रुपैयाँको र सुभम पावरले दुर्इ करोड रुपैयाँको शेयर निष्काशन गर्ने अनुमति पाएका हुन्। 
 
जोशी हाइड्रोपावरको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ भने सुभम पावरको सिबिआइएल क्यापिटल रहेको छ। जोशीले संस्थापक तर्फ ५१ प्रतिशत अर्थात १८ करोड ९४ लाख रुपैयाँ र शुभम पावरले ७० प्रतिशत अर्थात १४ करोड रुपैयाँको शेयर सुरक्षित गरेको छ। बाँकी शेयर सर्वसाधारणलार्इ बिक्री गर्नेछन्। 
 
जोशी हाइड्रपावरको उत्पादन जिल्ला इलाम रहेको छ भने शुभम पावरको संखुवासभा जिल्लामा रहेको छ। धितोपत्र बोर्डबाट प्रभावित क्षेत्रमा शेयर निष्काशन गर्ने अनुमति पाएसँगै सर्वसाधारणको लागि पनि निष्काशन गर्ने पाउनेछन्। 

Tata
GBIME
Nepal Life