अन्तिम दश मिनेटको कारोबारले शेयरबजारलाई राहत, २ अंकको सुधार हुँदा करिब ३० करोडको कारोबार




काठमाडौँ। नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक २.६० अंकले बढेर १२८०.१५ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ अंकले बढेर २७२.९८  अंकमा उक्लिएको छ।

आइतबार शेयर बजार १२७७ अंकबाट सुरु भएको थियो। कारोबारको पहिलो १५ मिनेटमा दुई अंक बढेको बजार त्यसपछि भने लगातार घटेको थियो।
कारोबारको पहिलो एक घण्टामा १८ अंक घटेको बजारमा  दोस्रो घण्टाबाट सुधार देखिएको थियो। कारोबारको अधिकांश समय रातो देखिएको बजार कारोबारको अन्तिम १० मिनेटमा हरियो हुँदै बढेर बन्द भएको हो।

आइतबार १५९ कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर २९ करोड ९१ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको एक करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

उपसूचक मिस्रित देखिएका छन्। नौ समुहको कारोबारमा पाँच समुह बढेका छन् भने चार समूह घटेका छन्। बैंक २.२५, जलाबिद्युत ८.३३, फाइनान्स २.५४ र उत्पादनमुलक ३.६७ अंकले घटेका छन्। होटल २२.४१, विकास बैंक १.३६, बीमा ८३.८४, अन्य ५.२९ र लघुवित्त ११.७४ अंकले बढेका छन्।

आइतबार कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाए भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीले सबैभन्दा बढी ९.९८ प्रतिशत गुमाए।                                      
        

Share this Story

   

अन्तिम दश मिनेटको कारोबारले शेयरबजारलाई राहत, २ अंकको सुधार हुँदा करिब ३० करोडको कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.