शेयर कारोबार गर्न थप सहज, इमेल, एसएमएस र मोवाइल एपबाट शेयर खरिद बिक्री आदेश दिन सक्ने




काठमाडौँ। अब लगानीकर्ताले शेयर खरिद/बिक्री गर्न ब्रोकर कार्यालय  धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ।



लगानीकर्ताले इन्टरनेटमार्फत शेयर खरीदबिक्री आदेश दिनसक्नेछन्।ब्रोकर कम्पनीले सेमी अनलाइन सेवा सुरु गरेकाले अनलाइनमार्फत शेयर खरीदबिक्री गर्न मिल्ने भएको हो।आइतबार क्रिष्टल कन्चनजंघा सेक्युरिटीले सेमी अनलाइन सेवा सुरु गरेको छ।धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले यो सेवाको शुभारम्भ गरे।

लगानीकर्ताले सदस्य दलाल कम्पनीमा गएर ‘युजर नेम र पासवर्ड’ लिएर घरमै बसेर खरिद/बिक्री आदेश दिन सक्ने नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए।अब लगानीकर्ताले इमेल, एसएमएस र मोवाइल एपबाट खरिद बिक्री आदेश दिन सक्नेछन्। खरीदबिक्री आदेशसँगै एकाउन्ट स्टेटमेन्ट, बिल रिसिभ, खरिद बिक्रीको सूचनासमेत लगानीकर्ताले प्राप्त गर्न सक्ने उनले बताए। तर लगानीकर्ताले दिएको खरिद बिक्री आदेश भने सोझै नेप्सेको सिस्टममा नजाने रेग्मीले बताए।



हाल विकास भएको प्रविधि ‘अर्डर म्यानेजमेन्ट सिस्टम’ रहेको र भबिस्यमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बिस्तार गर्न लागेको पूर्ण स्वचालित अनलाइन प्रणालीलाई सघाउ हुने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिहं साउदले बताए। साथै पूर्ण अनलाइनको ८० प्रतिशत काम सकिएको जानकारी दिँदै आउँदो नयाँ आर्थिक वर्षबाट लगानीकर्ताले अनलाइनमा कारोबार गर्न पाउने साउदले दाबी गरे।



बोर्डका निर्देशक निरज गिरिले लगानीकर्तालाई शेयर खरिद बिक्रि गर्न थप सहज भएको बताए।
      


Share this Story

   

शेयर कारोबार गर्न थप सहज, इमेल, एसएमएस र मोवाइल एपबाट शेयर खरिद बिक्री आदेश दिन सक्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.