सिटिजन बैंकले पनि एफपिओ ल्याउने,धितोपत्र बोर्डमा आवेदन, ४ लाख ६३ हजार कित्ता आउने




काठमाडौं। सिटिजन बैंक इन्टरनेशनल बैंकले ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। बैंकले बोर्डमा दिएको निवेदनमा प्रिमियम मूल्य भने तोकिएको छैंन।

बैंकको हालको चुक्ता ८ अर्ब २९ करोड रुपैयाँ रहेको छ। यसमा संस्थापक तर्फ ५१.३२ प्रतिशत र सर्वसधारण तर्फ ४८.६८ प्रतिशत रहेको छ। बैंकले ४ लाख ६३ हजार कित्ता एफपिओ निष्काशन गरेसँगै यस्तो अनुपात संस्थापक तर्फ ५१.०२ र सर्वसाधारण तर्फ ४८.९७ प्रतिशत कायम हुनेछ। साथै चुक्ता पूँजी ८ अर्ब ७५ करोड रूपैयाँ पुग्नेछ।


दोस्रो बजारमा कम्पनीको बजार मूल्य २६० रुपैयाँ रहेको छ।बैंकको वर्षभरिको एभरेज प्राइस भने ३२६ रुपैयाँ छ। एक वर्षमा कम्पनीको दोस्रो बजारमा एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको पाइन्छ। विगत पाच वर्ष देखिको लाभांश वितरणलार्इ हेर्ने हो भने १५ प्रतिशत भन्दा घटाएको छैन।
बोर्डले नै सबै अध्ययन गरेर प्रिमियम मूल्य तोकेर स्वीकृती दिनेछ।

आर्थिक वर्ष बोनस शेयर नगद लाभांश जम्मा लाभांस
2073/2074 16 1 17
2072/2073 15.8 0.83 16.63
2071/2072 20 1.05 21.05
2070/2071 13 5.95 18.95
2069/2070 0 15 15






Share this Story

   

सिटिजन बैंकले पनि एफपिओ ल्याउने,धितोपत्र बोर्डमा आवेदन, ४ लाख ६३ हजार कित्ता आउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.