पूर्वाञ्चलमा सूर्योदय यातायातको बस संचालन, सिसी क्यामेराजडित बसहरुले लग्जरी सेवा दिने

बिजमाण्डू
२०७५ बैशाख २ गते ११:४१ | Apr 15, 2018
पूर्वाञ्चलमा सूर्योदय यातायातको बस संचालन, सिसी क्यामेराजडित  बसहरुले लग्जरी सेवा दिने


काठमाडौं। पूर्वाञ्चलमा सूर्योदय यातायातले अशोक लेल्याण्डका १५ वटा बसहरुबाट सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

स्मार्ट इलाइट प्लस मोडलका बसहरुमा डिजिटल डिस्प्ले, टिभी, वाइफाइ, जिपिएस तथा सिसी क्यामेरा समेत जडान गरिएको कम्पनीले जनाएको छ।

पूर्वाञ्चलमा नमुनाका रुपमा यात्रुहरुलाई सेवा दिन अशोक लेल्याण्डका अत्याधुनिक बसहरु संचालमा ल्याएको सूर्योदय यातायातका अध्यक्षा देवेन्द्र कुमार न्यौपानेले बताए। लाइफ टाइम इन्जिनजडित गाडीहरुमा फिल्टर र मोबिल खर्च बाहेक अन्य खर्च नहुने दाबी समेत उनले गरे।

कार्यक्रममा आईएमई मोटर्स प्रालिका सेल्स हेड सुधिर सुवेदीले न्यून खर्चमा बस संचालन हुने भएकाले अशोक लेल्याण्डका बसहरुको प्रयोग बढिरहेको बताए।