रिलायन्स लार्इफको बाल जीवन बीमा, एक महिनाको उमेरदेखिनै बीमा गर्न सकिने




काठमाडौं।रिलायन्स लार्इफ इन्स्योरेन्सले नयाँ वर्षको अवसरमा 'मेरो मुटु बाल' जीवन बीमा योजना ल्याएको छ।यो योजनामा एक महिनाको उमेरदेखिनै बच्चाको बीमा गर्न सकिने कम्पनीले जनाएको छ।



योजनामा प्रस्तावक र बच्चा दुबैको जीवन रक्षावरण एकैसाथ हुने कम्पनीले जनायो।योजनाले बच्चाको दीर्घकालिन आर्थिक सुरक्षा र वचतको आश्वस्तता प्रदान गर्ने कम्पनीको दाबी छ।

बीमा अवधिभरि प्रस्तावकको कुनै पनि कारणले मुत्यु वा दुर्घटना परेर स्थायी अशक्त भएमा बाँकी सबै बीमा शुल्क मिनाहा हुनुका साथै बीमांक रकमको एक प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमा अवधिभरि हरेक महिना दिने कम्पनीले जनाएको छ।कम्पनीले पाँच वटा जीवन बीमा संचालनमा ल्याएको छ।रिलायन्स सिद्धार्थ बैंक र अन्य प्रतिष्ठित व्यापारिक घरानाबाट प्रवर्द्धित संस्था हो।


Share this Story

   

रिलायन्स लार्इफको बाल जीवन बीमा, एक महिनाको उमेरदेखिनै बीमा गर्न सकिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.