सानिमा बैंकको जेष्ठ नागरिक लक्षित होम बैंकिङ सुरु, ५८ वर्षमाथिलाई घरमै बैंकिङ सेवा




काठमाडौं। सानिमा बैंकले जेष्ठ नागरिक लक्षित होम बैंकिङ सेवा सुरु गरेको छ। नयाँ वर्षको अवसर पारेर बैंकले ५८ वर्ष माथिका नेपाली नागरिकहरुका लागि यस्तो सेवा सुरु गरेको जनाएको छ।



यस अन्तर्गत घरमै बसेर बैंकिङ सेवा लिन चाहने जेष्ठ नागरिकहरुलाई सुविधा पाउनेछन् । विद्युतिय उपकरण ‘ट्याब’को प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकको घरमै पुगेर सेवा दिने बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

यो सुबिधाअन्तर्गत खाताखोल्ने ग्राहकलाई बचत र मुद्दतीमा उच्चब्याजदरका साथै मासिकरुपमा ब्याज भुक्तानी गर्नेछ। जेष्ठ नागरिककालागि सानिमा बैंकले पहिलो पटक यस प्रकारको प्रविधियुक्त सुबिधा ल्याएको हो ।

बैंकका अनुसार हाललाई यो सुविधा काठमाडौं तथा ललितपुर जिल्लामा उपलब्ध हुनेछ। सानिमा बैंकको हाल ५८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।
 
 
 
 

Share this Story

   

सानिमा बैंकको जेष्ठ नागरिक लक्षित होम बैंकिङ सुरु, ५८ वर्षमाथिलाई घरमै बैंकिङ सेवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.