कोलकत्तामा चार महिनादेखि पाँच सय कार थन्कियो, टोयोटा, निशान र कियाका गाडी धेरै

बिजमाण्डू
२०७५ बैशाख १ गते ११:५७ | Apr 14, 2018
कोलकत्तामा चार महिनादेखि पाँच सय कार थन्कियो, टोयोटा, निशान र कियाका गाडी धेरै
कोलकत्ता।भारतको कोलकत्ता बन्दरगाहमा करिब ७० करोड रुपैयाँ बराबरको पाँच सय लक्जरी कार थन्किएको छ।नेपाली आयातकर्ताले मगाएको कार चार महिनादेखि कोलकत्तामा थन्किएको छ।

Tata
GBIME
Nepal Life


नेपाली व्यवसाय हेर्न स्थापना गरिएको भन्सार सहयोग शाखाका प्रमुख सम्पर्क अधिकृत कौशिक मुखर्जीका अनुसार टोयोटा,निशान र किया ब्राण्ड, मित्सुवित्सी लगायतका कार थन्किएका छन्।स्रोतका अनुसार गाडीको बिक्री नभएका कारण ती कार कोलकत्तामा राखिएको हो।

‘चार महिनादेखि कार पठाउन व्यवसायीले भनेका छैनन्’ उनले भने,‘बिक्री नहुँदै कार पठाउँदा लगानी खेर जाने भएकाले त्यतिकै थन्क्याएर राख्ने गरिएको हो।तेस्रो मुलुकबाट एउटा जहाजमा १२० देखि २५० सम्म कारहरु कन्टेनरमा राखेर कोलकत्ता र त्यसपछि वीरगंज नाका हुँदै नेपाल भित्रिने गर्छ।