माछापुच्छ्रे बैंकमा सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत, कहिलेबाट जाने टुङ्गो लाग्न बाँकी

बिजमाण्डू
२०७४ चैत्र २९ गते १८:०२ | Apr 12, 2018
माछापुच्छ्रे बैंकमा सुमन शर्मा प्रमुख कार्यकारी अधिकृत, कहिलेबाट जाने टुङ्गो लाग्न बाँकी
काठमाडौं। माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बिहीबार बसेको सञ्चालक समिति बैठकले केही महिना अगाडि डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा गरेका शर्मालाई एक तह वढुवासहित फेरि फर्काएको हो।
 
निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो।


 
शर्मा अहिले ग्लोबल आइएमइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्। त्यहाँ जानुअघि माछापुच्छ्रे बैंककै डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए। शर्मालाई चार बर्षका लागि प्रमुख कार्यकारी बनाउन लागिएको हो। यद्यपी उनी ग्लोबल आइएमइ बैंकबाट औपचारिक रुपमा वाहिरिन बाँकी छ। त्यहाँबाट अलग भएपछि उनी माछापुच्छ्रेमा आबद्ध हुने छन्।
 
माछापुच्छ्रे जानुअघि उनी एनएमबी बैंकको सहायक महाप्रबन्धक थिए। माछापुच्छ्रे बैंकबाट विजयवहादुर श्रेष्ठले छाडेर एनडिइपी डेभलपमेन्ट बैंकमा गएपछि शर्मालाई नियुक्त गरिएको थियो।
 
शर्माले बैंकिङ क्षेत्रमा करिव २० बर्ष विताइसकेका छन्। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका हुन्।
 
विराटनगरका शर्मा सन् २००४ मा एमबिए गर्न वाहिरिएका थिए। त्यसको अर्को बर्ष २००५ बाट उनले सहायक प्रबन्धकका रुपमा एनएमबी बैंकबाट काम सुरु गरेका थिए। 
 
एनएमबी बैंकमा आठ बर्ष ११ महिना काम गरेपछि उनी माछापुच्छ्रे बैंक छिर्न लागेका हुन्। शर्मा जोखिम तथा कर्जा लगानीका क्षेत्रमा अब्बल मानिन्छन्। 

Tata
GBIME
Nepal Life