दूरसंचार प्राधिकरणको धम्कीपछि चार वटा आइएसपीले तिरे रोयल्टी, ब्रोडलिंक सम्पर्कमै आएन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ चैत्र २८ गते १७:२९ | Apr 11, 2018
दूरसंचार प्राधिकरणको धम्कीपछि चार वटा आइएसपीले तिरे रोयल्टी, ब्रोडलिंक सम्पर्कमै आएन


काठमाडौं।चार वटा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक कम्पनीले रोयल्टी र ग्रामिण दूरसंचार विकास कोषको रकम तिरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल दूरसंचार प्राधिकरणले एक हप्ते सूचना जारी गर्दै रोयल्टी तिर्न आउन अल्टिमेटम दिएपछि कम्पनीले पैसा तिर्न थालेका हुन्।नेपाल दूरसंचार प्राधिकरणले ८ वटा कम्पनीलार्इ रोयल्टीको पैसा तिर्न आउन सूचना जारी गरेपछि भायोनेट,आइफोर टेक्नोलोजी,आइविएसएस र नेटम्याक्सले रोयल्टी बुझाएका छन्।

भायोनेटले एक करोड ४२ लाख १३ हजार ७ सय ९२ रुपैयाँ रोयल्टी बुझाएको छ ।आईफोर टेक्नोलोजिजले एक लाख ४५ हजार रुपैयाँ तिरेको छ।प्राधिकरणका अनुसार  ग्रामिण दूरसंचार कोषको रकम आर्इफोरले बुझाउन बाँकी छ।आईविएसएसले एक लाख ११ हजार पाँच सय १८ रुपैयाँ रोयल्टी बुझाएको  प्राधिकरणले जानकारी दिएको छ।

नेट म्याक्स टेक्नोलोजिजले  ८ लाख १३ हजार रुपैयाँमध्ये पाँच लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।ब्रोडलिंक भने अझै प्राधिकरणको सम्पर्कमा आएको छैन।यो कम्पनीले २५ लाख रुपैयाँ तिर्न बाँकी छ।प्राधिकरणका अनुसार क्लासिक टेक,आइटेल र अलाइड नेट लिंकले तिर्ने प्रतिवद्धता जनाएका छन्।