मारवाडी समुदायले कारोबार गर्ने भनिएका ब्रोकर कार्यालयको कारोबार रकम बढ्यो






काठमाडौं। केन्द्र र प्रदेशको चुनावताका बाम एकता बनेपछि शेयर बजारका लगानीकर्ता अत्तालिएका थिए। निर्वाचनको परिणाम बाम एकताको पोल्टामा गएपछि लगानीकर्तामा एक खालको अनिश्चितता देखियो। यसै बिच अर्थमन्त्रीले बोलेका कुरालार्इ लिएर पनि शेयर बजार थप तरङ्गित बन्यो। चैत्र २१ गतेदेखि केहि सुधार हुँदै गएको शेयर बजारमा कारोबार रकम पनि अस्वभाविक रुपमा बृद्धि हुन थालेको छ। खासगरी प्रधामन्त्री केपि शर्मा ओली भारत भ्रमणमा गएपछि बजारमा सुधार देखिएको हो। 
 
मिति कारोबार रकम
चैत्र १८ 312,394,379
चैत्र १९ 205,939,315
चैत्र २० 223,631,708
चैत्र २१ 336,443,431
चैत्र २२ 619,383,866
चैत्र २५ 917,708,959
चैत्र २६ 949,629,309
सुचक तलमाथि हुँदा समेत कारोबार रकम स्वभाविक तहमा बसिरहेका बेला बाम गठबन्धनको सरकारपछि निक्कै घटेको थियो। प्रधानमन्त्री भारत भ्रमणमा गएपछि बजारमा कारोबार रकम ह्वात्तै बढेको छ। कारोबार रकम बढ्नुमा प्रधानमन्त्रीले भारतमा त्यहाँको निजी क्षेत्रलाई लगानी सुरक्षाका लागि प्रत्याभूति दिनु प्रमुख हो। 
 
नेपालको शेयर बजारमा सानादेखि ठूला थुप्रै लगानीकर्ता छन्। संगठित रुपमा बीमा कम्पनी र सामूहिक लगानी कोष कम्पनीहरुले लगानी गरिरहेका हुन्छन्। असंगठित रुपमा ब्यापारिक समूदाय खासगरी मारवाडी समुदायको लगानी बढि छ भन्ने, चर्चा बजारमा छ।
 
यही मारवाडी समूदाय र उसले 'इन्फ्लुएन्स' गर्ने जमात प्रधानमन्त्रीले भारतका ब्यापारीलाई 'खुला बजारभन्दा तलमाथि नहुने' आफ्नो नीति सम्झाएपछि शेयर बजारमा ओइरिँदा कारोबार रकममा सुधार आएको ब्रोकरहरु बताउँछन्। उनीहरु बजार प्रवेश गरेपछि साना तथा अन्य छरिएका लगानीकर्ता पनि बजारबाट हौसिए, जसले गर्दा कारोबार रकममा सुधार भएको हो।
 
'मारवाडी समुदाय शेयर बजारमा प्रवेश गरेकैले कारोबार रकम ह्वात्तै बढेको हो,' लगानीकर्ता सुरज अधिकारीले बताए। अर्का लगानीकर्ता पनि यसमा सहमत छन्। 'शेयर बजारमा कारोबार रकम घट्नुमा तरलता अभाव प्रमुख कारण हो भनिए पनि, बिना कुनै सुधार शेयर बजारमा एकाएक कारोबार रकम बढ्नुले ठूला र संगठित लगानिकर्ता बजार प्रवेश गरे भन्ने बुझिन्छ,' लगानीकर्ता बलराम रिमालले भने, 'पछिल्लो समय बजार घट्नुमा बैंकको तरलता मात्रै कारण नभएर, चुनावपछिको सरकारी नीति के हुन्छ भन्ने अन्यौलताले पनि लगानीकर्ता बाहिरिएको देखिन्छ। जुन अहिले फर्किन थालेका छन्।'
 
चैत्र १९ गते सबै भन्दा धेरै बिक्री भएका साथै खरिद भएका ब्रोकर कम्पनी 
ब्रोकर कार्यालय किनेको रकम ब्रोकर कार्यालय वेचेको रकम
नासा सेक्युरिटिज 16,080,919 एविसी सेक्युरिटिज 21,872,420
श्री कृष्ण सेक्युरिटिज 10,836,279 भिजन सेक्युरिटिज 11,109,810
आशुतोश सेक्युरिटिज 9,042,945 नासा सेक्युरिटिज 9,860,669
साउथ एशियन वुल 7,815,629 अग्रवाल सेक्युरिटिज 9,736,268
अनलार्इन सेक्युरिटिज 7,451,103 स्वेता सेक्युरिटिज 8,549,724
इम्पेरियल सेक्युरिटिज 7,123,259 ओपेल सेक्युरिटिज 8,545,104
सिप्रदी सेक्युरिटिज 6,760,821 सनी सेक्युरिटिज 7,933,524
सनी सेक्युरिटिज 6,714,534 मार्केट सेक्युरिटिज 6,828,921
श्रीहरी सेक्युरिटिज 6,317,410 दिपशिखा सेक्युरिटिज 6,629,200
दक्षिणकाली सेक्युरिटिज 5,864,015 भृकुटी सेक्युरिटिज 6,569,580

 
उनका अनुसार, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा खुला अर्थतन्त्रलार्इ नै जोड दिने प्रतिबद्धता व्यक्त गरेसँगै हिजोका दिनमा कारोबार गर्न डराएका ठूला लगानीकर्ता तथा मारवाडी समुदाय अहिले फेरि प्रवेश गरेका छन्। 
 
'राजनीतिक घटनाक्रमले ठूला ठूला व्यावसायीले प्रणाली बाहिर पैसा राख्दै आएकोमा वातावरण सहज हुने अनुमानका आधारमा विस्तारै बजार प्रवेश गरेको संकेतको रुपमा हिजो आजको कारोबारलाई हेर्न सकिन्छ,' रिमालले भने। 
 
चैत्र २५ गते सबै भन्दा धेरै बिक्री भएका साथै खरिद भएका ब्रोकर कम्पनी
ब्रोकर कार्यालय किनेको रकम ब्रोकर रकम वेचेको रकम
भिजन सेक्युरिटिज 71,564,479 भिजन सेक्युरिटिज 138,578,664
अनलार्इन सेक्युरिटिज 41,787,438 अनलार्इन सेक्युरिटिज 52,087,699
दक्षिणकाली सेक्युरिटिज 40,045,305 नासा सेक्युरिटिज 39,920,482
नासा सेक्युरिटिज 37,828,965 एविसी सेक्युरिटिज 37,058,498
प्रिमो सेक्युरिटिज 28,244,308 श्रीहरी सेक्युरिटिज 35,493,362
दिपशिखा सेक्युरिटिज 28,034,057 स्वेता सेक्युरिटिज 34,406,808
सुमेरु सेक्युरिटिज 26,871,930 लिन्च स्टक 33,584,162
इम्पेरियल सेक्युरिटिज 26,813,202 इन्भेष्टमेन्ट म्यानेजमेन्ट 32,505,043
सेक्योर्ड सेक्युरिटिज 26,725,323 कोहिनुर सेक्युरिटिज 27,121,235
श्री कृष्ण सेक्युरिटिज 25,206,064 श्री कृष्ण सेक्युरिटिज 22,058,117
सनी सेक्युरिटिज 24,458,460 ओपेल सेक्युरिटिज 21,497,956
क्रियटिभ सेक्युरिटिज 24,180,448 अग्रवाल सेक्युरिटिज 20,412,969
 
चैत्र १८ गतेको कारोबार रकम हेर्ने हो भने जम्मा ३१ करोड रुपैयाँ मात्रै देखिन्छ। त्यसपछिका दिनमा पनि कारोबार रकम बढ्न सकेन। गत बुधबारसम्म कारोबार रकम सुस्त नै थियो। तर, बिहीवार, आइतबार र सोमबारको कारोवार रकम भने साविकका दिनभन्दा निक्कै धेरै देखिन्छ। 
 
मारवाडी समुदायले धेरै नै कारोबार गर्ने भनिएका केहि ब्रोकर कार्यालयको कारोवार रकम तुलनात्मक रुपमा अत्याधिक छ। चैत्र १८/१९ गतेको भन्दा आइतबार धेरै गुणाले बढेको छ। 
 
चैत्र २६ गते सबैभन्दा बढि खरीद बिक्री गर्न सफल ब्रोकर कम्पनी
ब्रोकर कार्यालय किन्ने ब्रोकर कार्यालय बेच्ने
दिव्या सेक्युरिटिज 73,344,298 कोहिनुर सेक्युरिटिज 78,831,195
कोहिनुर सेक्युरिटिज 71,715,495 नासा सेक्युरिटिज 73,373,013
इम्पेरियल सेक्युरिटिज 38,211,165 दव्या सेक्युरिटिज 69,837,369
सुमेरु सेक्युरिटिज 35,672,671 भिजन सेक्युरिटिज 56,804,656
भिजन सेक्युरिटिज 35,082,591 अनलार्इन सेक्युरिटिज 54,208,930
दक्षिणकाली सेक्युरिटिज 32,067,697 स्वेता सेक्युरिटिज 41,971,596
सिप्रदी सेक्युरिटिज  28,772,430 एविसी सेक्युरिटिज 38,256,547
आर्यतारा सेक्युरिटिज 28,340,510 श्री कृष्ण सेक्युरिटिज 26,789,271
सनी सेक्युरिटिज  27,811,977 इम्पेरियल सेक्युरिटिज 26,315,255
डायनामिक सेक्युरिटिज 27,055,205 श्रीहरी सेक्युरिटिज 25,641,851
श्री कृष्ण सेक्युरिटिज 24,657,884 दक्षिणकाली सेक्युरिटिज 24,450,111
अनलार्इन सेक्युरिटिज 22,449,602 इन्भेष्टमेन्ट म्यानेजमेन्ट 20,878,501

मारवाडी समुदाय र अन्य संगठित समूहहरुले धेरै कारोबार गर्ने भनिएका ५८ नम्वरको नासा सेक्युरिटिज, ५६ नम्वरको श्रीहरि सेक्युरिटिज, ४९ नम्वरको अनलार्इन सेक्युरिटिज, १७ नम्वर एविसी सेक्युरिटिज, ६ नम्वर अग्रवाल सेक्युरिटिज लगायतका छन्। त्यस्तै ठुला लगानीकर्ताको रोजाइमा पर्ने भनिएका ३३ नम्वरको दक्षिणकाली सेक्युरिटिज, ५९ नम्वरको दिव्या सेक्युरिटिज, ३४ नम्वरको भिजन सेक्युरिटिजमा पनि कारोबार निक्कै उक्लिएको छ। 


Share this Story

   

मारवाडी समुदायले कारोबार गर्ने भनिएका ब्रोकर कार्यालयको कारोबार रकम बढ्यो को लागी १ प्रतिक्रिया(हरु)

RAM[ 2018-04-10 11:29:23 ]
यो सबै हल्ला मात्र हो कसलाई आफ्नो शेयर बेचेर नाफा गर्न परेको थियो अलि अलि बढे जस्तो देखाए अनि उस्त्ता को उस्तै खास फरक परेन नेपालमा फेरि १३०० सम्म नेप्से पुगे हल्ला धेरै हुन्छ नेप्से यदि २००० वा सो भन्दा भए बल्ल बढेको मानिन्छ नभए १४ १५ सय सम्म को बढ्ने केहि पनि होइन २००० भन्दा माथि नेप्से पुगे बल्ल टप अर्थ मन्त्रि जी भित्र पर्ने थिए

   हालसम्म ४८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.