कृषि विकास बैंकले ९ सय गार्ड माग्यो, २ वर्षकालागि बोलपत्र पेश गर्नुपर्ने

बिजमाण्डू
२०७४ चैत्र २१ गते १०:५० | Apr 4, 2018
कृषि विकास बैंकले ९ सय गार्ड माग्यो,  २ वर्षकालागि बोलपत्र पेश गर्नुपर्ने

काठमाडौं। कृषि विकास बैंकले दुर्इ वर्षकालागि ९०३ जना सुरक्षाकर्मी माग गरेको छ। बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा फर्मले सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ।

सिलबन्दी बोलपत्रकालागि  इच्छुक कम्पनीले बैशाख २० गतेसम्म ५ हजार रुपैयाँ सहित इ-बिडिङ मार्फत प्रस्ताव पेश गर्न सक्नेछन्।    

सुरक्षा गार्डको लागि २५ वर्ष पुरा भई  ५८ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ।