काठमाडौं महानगरका धार्मिक स्थलमा निशुल्क वाइफाइ, यी क्षेत्रमा दुर्इ महिनामा निशुल्क सेवा




काठमाडौं।काठमाडौं महानगरभित्रका प्रसिद्ध धार्मिक स्थल पशुपति,बौद्धनाथ,स्वयम्भु लगायत क्षेत्रमा निशुल्क वाइफाइ सेवा उपलब्ध हुने भएको छ।

काठमाडौ महानगरपालिका र वल्डलिंक कम्युनिकेशनवीच महानगरभित्रका प्रसिद्ध छ वटा सम्पदा क्षेत्रमा निशुल्क वाइफार्इ सेवा सञ्चालन गर्ने सहमती भएको हो।सम्झौता अनुसार पशुपति,बौद्धनाथ,स्वयम्भु ,वसन्तपुर,हनुमानढोका दरबार क्षेत्र, शंखपार्क बालाजु बाइसधारा उद्यानमा निशुल्क वाइफार्इ सेवा उपलब्ध गराउन लागिएको हो। 

आइतबार एक कार्यक्रमवीच महानगरका मेयर विद्यासनुदर शाक्य र कम्पनीका निर्देशक विजयकुमार जलानले समझदारी पत्रमा हस्ताक्षर गरे।दुर्इ महिना भित्र यी स्थानमा निशुल्क वार्इफार्इ सेवा सञ्चालनमा आउनेछन्।मेयर शाक्यले भने ‘नागरिकको जीवनमा प्रविधि जोड्ने प्रयास गरिरहेका छौ।वल्डलिंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सेवा दिन लागेको कम्पनीका निर्देशक जलानले बताए। उनले गुणस्तरीय इन्टरनेट सेवा दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।



Share this Story

   

काठमाडौं महानगरका धार्मिक स्थलमा निशुल्क वाइफाइ, यी क्षेत्रमा दुर्इ महिनामा निशुल्क सेवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.