बुद्ध एयरले आगामी बैशाख १ गतेदेखि काठमाडौं-सुर्खेत नियमित उडान गर्ने, यस्तो छ भाडादर

बिजमाण्डू
२०७४ चैत्र ९ गते १५:४२ | Mar 23, 2018

काठमाडौं। बुद्ध एयरले आउँदो बैशाख १ गते देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नियमित उडान सुरु गर्ने भएको छ।
 नागरिक उड्डयन प्राधिकरणले तोकेअनुसार एकतर्फी भाडा ११ हजार ४ सय १९ सय रुपैयाँ भएपनि कुल सिट संख्याको आधा  सिट आठ हजार पाँच सय रुपैयाँ र बाँकी आधा  सिट १० हजार पाँच सय रुपैयाँमा विक्री गर्ने कम्पनीले जनाएको छ।
 
कम्पनीले उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निवेदन दिने तयारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।
 
बुद्ध एयरले सुर्खेत उडानका लागि १८  सिट क्षमतायुक्त बिच १९००डि सिरीजको जहाज प्रयोग गर्न लागेको हो। 
 
कर्णाली प्रदेशको पर्यटन तथा आर्थिक बृद्धिमा टेवा पुर्याउने उद्देश्यले सुर्खेतमा उडान सुरु गर्न लागेको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

Tata
GBIME
Nepal Life

संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा गत बुधबार बसेको बैठकले सुर्खेत विमानस्थल संचालनमा ल्याउने निर्णय गरेको थियो।
 
कम्पनीले २०६९ पुष देखि २०७० असारसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान रोक्नुपरेको बिज्ञप्तीमा उल्लेख छ।