बैंक अफ काठमाडौंले लाभांश घोषणा गर्यो, शेयरधनीले पाउने भए १३.२५ प्रतिशत बोनस शेयर

बिजमाण्डू
२०७४ चैत्र ९ गते ११:४१ | Mar 23, 2018

काठमाडौँ। बैंक अफ काठमाडौंले लाभांश घोषणा गरेको छ। बैंकले गत बर्षको मुनाफाबाट शेयरधनीलाई १३.२५ प्रतिशत बोनस शेयर दिने जनाएको छ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित गरेपछि शेयरधनीले पाउने छन्।

Tata
GBIME
Nepal Life

बैंकले गतबर्ष एक अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा बैंकले ५५ करोड १५ लाख रुपैयाँ नाफा गरेको जनाएको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड रुपैयाँ रहैको छ। बोनसपछि बैंकको चुक्ता पुँजी सात अर्ब ६ करोड रुपैयाँ पुग्ने छ। बैंकको  तोकिए बमोजिम आठ अर्बको चुक्ता पुँजी भने अझै पुगेको छैन।