काठमाडौं। नागरिक लगानी कोषले २२ औं वार्षिक साधारणसभा बैशाख ७ गते डाकेको छ। कोषले आर्थिक वर्ष २०७२/०७३ को नाफाबाट २२ प्रतिशत बोनस शेयर र १.१५ प्रतिशत कर प्रयोजनकालागि नगद लाभांश दिने भएको छ।
कोषले साधारणसभा प्रयोजनको लागि चैत २२ देखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
कोषले गत भदौ ११ गते मात्रै २१ औ वार्षिक साधारणसभा गरेको थियो जसले २३ प्रतिशत लाभांश पारित गरेको थियो। साथै कोषले अझै आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभा गर्न बाँकी छ।
कोषले निरन्तर रुपमा लाभांश दिँदै आए पनि समयमै वार्षिक साधारणसभा भने सम्पन्न गर्न सकेको छैन।
कोषले विगत पाँच वर्षदेखि वितरण गर्दै आएको लाभांश यस्तो छ
आर्थिक वर्ष | बोनस शेयर | नगद लाभांश | जम्मा लाभांश |
2072/2073 | 22 | 1.15 | 23.15 |
2071/2072 | 21.85 | 1.15 | 23 |
2070/2071 | 35 | 6.84 | 41.84 |
2069/2070 | 50 | 2.63 | 52.63 |
2068/2069 | 38.89 | 0 | 38.89 |