नक्कली स्टीकर बनाउने भारतीय कम्पनीलार्इ पनि कारवाही हुने, कारवाहीका लागि भारतलार्इ पत्राचार

बिजमाण्डू
२०७४ चैत्र ९ गते ०६:३५ | Mar 23, 2018
वीरगंज।अन्तशुल्कको नक्कली स्टीकर बनाउने भारतीय कम्पनीलार्इ कारवाहीका लागि नेपालले पत्राचार गरेको छ।

Tata
GBIME
Nepal Life

आन्तरिक राजस्व विभागले मदिरामा टाँस्ने अन्तशुल्कको स्टीकर नक्कली बनाएर ल्याउने क्रम तीब्र भएपछि नेपालले भारत सरकारलार्इ कारवाहीका लागि पत्राचार गरेको हो।नक्कली स्टीकर काण्डमा अनुसन्धानको क्रममा पक्राउ परेका अभियुक्तहरुको बयानको अधारमा नाम गोप्य राखिएको भारतीय कम्पनीलाई माथिल्लो  तहबाट अनुसन्धनको घेरामा ल्याउने पहल भएकोआन्तरिक राजस्व कार्यालय वीरगंजले जनाएको छ ।
 

कोलकाताको त्यो स्टीकर उत्पादक कम्पनीलाई कानुनको दायरामा ल्याउन पहलभएको कार्यालय प्रमुख गोपीकृष्ण कोइरालाले बताए ।‘नक्कली समान ल्याउने नेपाली जस्तै उत्पादक पनि त्यतिकै दोषी हुन्छ,’उनले भने, ‘तसर्थ उत्पादक कम्पनीलाई पनि अनुसन्धानको दायरामा ल्याउन खोजिएको हो ।’
 
उक्त कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माथिल्लो तहमा पत्राचार भइसकेको उनले जानकारी गराए । अर्थ
र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग उक्त कम्पनीका व्यवस्थापक वा अन्य जिम्मेवार व्यक्तिलाई अनुसन्धानको ल्याउन सक्छ,उनले भने ।

नक्कली स्टीकर काण्डमा पक्राउ परेका ४ जना व्यक्तिहरुसँग ९ दिन देखि बयान लिने काम भइरहेको थियो,जुन बुधवार सकिएको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले यस पक्ररणमा पक्राउ गरी जिम्मा लगाएको पशुपति क्यारियरका कर्मचारी काठामडौको चन्द्रागिरि–१४ बस्ने पुष्कर दवाडीको बयान सकेर साधारण तारेखमा बुधवार छाडिएको आन्तरिक राजस्व कार्यालय वीरगंजका प्रमुख कोइरालाले बताए ।

दोश्रो चरणको बयानपछि यो प्रकरणमा थप तीन जनालाई पक्राउ गरी बयान लिनुपर्ने आवश्यकता देखिएको  कोइरालाले बताए । पक्राउ परेकासँग बयान लिने काम सकिएको र आवश्यक परे ढुवानकर्ताहरुसँग पनि बयान लिन सकिने उनले बताए ।यसअघि स्टीकर आयातकर्ता कम्पनी हरिओम टे«डिङ प्रालिका संचालक कुलप्रसाद राजभण्डारी,सोही कम्पनीका सहयोगी बिराटनगरका प्रकाश घिमिरे, धादिङ धुनिबेसीका राजकुमार भण्डारी समेतको बयान पनि लिइ सकिएको छ ।
 

भदौ १९ मा पक्राउ परे लगत्तै लिइएको बयानपछि कार्यालयले उनीहरुसँग जनही ७÷७ करोड रुपैया धरौटी मागेको थियो । धरौटी दाखिला गर्न नसकेपछि उनीहरुजेल चलान भएका थिए । ३ करोड ५० लाखको नक्कली स्टीकर नेपाल भित्र्याएकोले बिगो र त्यस बराबरको जरिवाना समेत गरी ७÷७ करोड रुपैयाँ धरौटी मागिएको थियो ।
 
स्टीकर जफत गरिएकै बेला प्रहरीको नियन्त्रणमा पुगेका हिमालयन कार्गोका संचालक बिनोदकुमार गुप्ता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटदायर गरेर पुर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको आदेशबाट रिहा भएका थिए । ८६ हजार ४ सय ७० थान नक्कली स्टीकर गत भदौ १९ वीरगज भन्सारमाजाँचपास गर्दा बरामद भएको थियो।

जाँचपासको क्रममा हिमालयन कार्गो ढुवानी कम्पनीका संचालक भारत रक्सौल निवासी वीरेन्द्र कुमार गुप्तास्टीकर सहित पक्राउ परेका थिए ।यो स्टिकर हरिओम ट्रेडिङ प्रालिले भारतबाट आयात गरेको थियो ।नेपाली मदिरा उद्योगको लागि आन्तरिक राजस्व बिभागले ग्लोबल टेण्डरबाट इण्डोनेशियाबाट मदिराको सक्कली स्टीकर ल्याउने गर्छ ।