यती एअरलाईन्सले सगरमाथा क्षेत्रको सरसफाईमा साथ दिँदै, एकसय टन फोहोर एयरलिफ्ट गर्ने

बिजमाण्डू
२०७४ चैत्र ५ गते ११:३० | Mar 19, 2018

काठमाडौं। यती एअरलाईन्स तथा तारा एअरले  सगरमाथा क्षेत्रबाट  प्राकृतिक रुपमा नष्ट नहुने एकसय टन फोहोर मैला एयरलिफ्ट गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एयरलाइन्सले खुम्बु पासाङ ग्रामिण नगरपालिका, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लव र संयुक्त राष्ट्र विकास कार्यक्रमसँगको साझेदारीमा सगरमाथा क्षेत्रबाट फोहोर उठाउने कामको औपचारिक सुरुवात गरेको जनाएको छ।

२००८ देखि सुरु गरिएको सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन र पर्यावरण जागरण प्रति केन्द्रित सीएसआर कार्यक्रमको निरन्तरता भएको पनि एयरलाइन्सले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ।

एयरलाइन्सले फोहोर मैलाको पहिलो खेप उठाइसकेको छ।  एयरलाइन्सले झण्डै पाँचहजार किलो फोहोर एयरलिफ्ट गरी काठमाडौं ल्याएको जनाएको छ।

एसपिसिसिसँगको सम्झौता अन्तर्गत सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नामक एक स्थानीय पर्यावरणीय संरक्षण सङ्गठन र हिमालय क्लब लुक्लाले सगरमाथा क्षेत्रमा फोहोर सङ्कलनका लागि समन्वय गर्दछ भने ब्लू वेस्ट टु भ्यालु, काठमाडौँको एक रिसाइक्लिङ कम्पनीले त्यस फोहोर रिसाइकल गर्दछ ।

सङ्कलन भएका फोहोरमा प्रायः बियरका खाली बोतल र क्यान, खाली खाद्म सामाग्रीका टिन र ट्रेकिङका उपकरणहरु रहेको एयरलाइन्सले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।