सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व बहन, एचआईभी संक्रमित बालबालिकालाई सहयोग

बिजमाण्डू
२०७४ चैत्र ४ गते १६:२७ | Mar 18, 2018

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा दिँदै आएको “साथ”नामक गैरसरकारी संस्थालाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले 'साथ' नामको संस्थाले संचालन गर्दै आएको ‘हकुनामाटाटा’ परियोजनालाई एक लाख रुपैयाँ  सहयोग गरेको जनाएको छ। हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको बिज्ञप्तीमा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले एक लाखको चेक संस्थाका संचालक क्रिस्टिमा कार्कीलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

हकुनामाटाटा परियोजनाले काठमाडौँमा ३० र पोखरामा १० गरी जम्मा ४० जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक क्रिस्टिमा कार्कीले बताइन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले बालबालिकाको मनोबल बढाउनुपर्ने धारणा राखे। भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बिभिन्न कार्यक्रम संचालन गर्ने पनि भण्डारीले जानकारी दिए।