माइक्रोम्याक्स मोबाइलका दुई मोडेल नेपालमा सार्वजनिक, एक्स ४०९ बार-फोन एकहजार मै पाइने

बिजमाण्डू
२०७४ चैत्र ४ गते १६:१३ | Mar 18, 2018

काठमाडौं। भारतीय ब्राण्ड माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।
माइक्रोम्याक्सको  एक्स ४०९ मोडलमा १.८ इन्चको स्क्रिन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ ।

Tata
GBIME
Nepal Life

यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिने कम्पनीले बिज्ञप्तीमार्फत जनाएको छ।

उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिनुकासाथै एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको बताइएको छ ।

यसको बजार मूल्य एकहजार २५ रुपैयाँ पर्ने बिज्ञप्तीमा उल्लेख छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्ता गर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टी’ समेत दिएको जनाएको छ ।

यसैगरी कम्पनीकै अर्को बजेट स्मार्ट फोनमा क्यु ३५३ फोनमा ५ इन्चको एचडी डिस्प्ले जडान भएको छ।

 फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएकोले भिडियो हेर्न र गेम खेल्न सहज हुने कम्पनीले दावी गरेको छ।

मोबायलमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको तथा ७.० नुगट अपरेटिङ सिस्टमको जडान समेत गरिएको  कम्पनीले जनाएको छ ।

१ जिबी र्याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिने तथा  थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिने पनि बिज्ञप्तीमा उल्लेख छ। क्यु ३५३ एन्ड्रोयड बजेट स्मार्टफोनको मूल्य ६ हजार ८२० पर्ने पनि कम्पनीले जनाएको छ।