आर्थिक विकासमा सहयोग जुटाउन उच्चस्तरीय भ्रमण वर्ष मनाइने, चीनका राष्ट्रपतिलार्इ पनि आमन्त्रण

रासस
२०७४ चैत्र ३ गते १४:०९ | Mar 17, 2018
काठमाडौँ। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन्।

Tata
GBIME
Nepal Life

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विकास र समृद्धिका लागि सहयोग जुटाउन मित्र राष्ट्रको उच्चस्तरीय भ्रमणले वातावरण बनाउने विश्वास व्यक्त गरे।  “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिन पिङलाई आमन्त्रण गर्ने गृहकार्य अब छिट्टै शुरु हुन्छ, चिनियाँ राष्ट्रपति पिङलाई सन् २०१६ मै निमन्त्रणा गरिएको थियो, सरकार परिवर्तन भएका कारण उहाँको भ्रमण हुनसकेन, यसपटक अमेरिका, बेलायत, जापानलगायत राष्ट्रबाट पनि उच्चस्तरीय भ्रमण गराइनेछ”–उनले भने।

 
गत महिना पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन गर्ने विषयमा केन्द्रित भएको मन्त्री ज्ञवालीले बताए।  गम्भीर मानवीय संकट उत्पन्न हुने गरी सिरियामा शक्ति राष्ट्रको स्वार्थका कारण भएको युद्धमा बालबालिकासमेत शिकार बनेकाले युद्धविराम हुनुपर्ने सरकारी धारणा पनि उनले बताए।
 
“संयुक्त राष्ट्र संघीय शान्ति सेनामा नेपालले पु¥याएको योगदान अनुसार पहुँच पुग्नसकेको छैन, शान्ति सेना पठाउने देशमा नेपाल छैटौँ, सातौँमा पर्छ, त्यस अनुसारको भूमिकाका लागि मेरो कार्यकालमा यसलाई उठाउने प्रयास गर्नेछु”–मन्त्री ज्ञवालीले भने।