एनसिसी घोटालामा कांग्रेस नेतासहित १३ जना पक्राउ, एक अर्ब ५१ करोड रुपैयाँ घोटालाको आरोप

बिजमाण्डू
२०७४ चैत्र २ गते १४:५६ | Mar 16, 2018
काठमाडौं। एनसिसी बैंक घोटाला प्रकरणमा विष्णुप्रसाद धितालसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। धिताल कांग्रेस नेतासमेत हुन्।
 
प्रहरीको केन्द्रीय अनुशन्धान विभाग (सिआइबी) ले इच्छावहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानवहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदिप थापालाई पक्राउ गरेको हो।
 
उनीहरुलाई पक्राउ गरि बैंकिङ कसुर अभियोगमा कारवाही प्रकृया अगाडि बढाइएको छ। उनीहरुलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९८४ रुपैयाँ दूरुपयोग गरेको अभियोग लागेको छ।
 
सि.नं. नाम थर पद
  1.  
विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
  1.  
ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  1.  
सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  1.  
मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  1.  
ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
  1.  
दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
  1.  
रामचन्द्र बसौला तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
  1.  
बिकास श्रेष्ठ तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
  1.  
सागर नेउपाने तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
  1.  
मान ब. राउत तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
  1.  
विनित मणि उपाध्याय तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक
  1.  
मोहन खरेल तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
  1.  
सुदिप थापा तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

Tata
GBIME
Nepal Life