दुई अर्ब घोटाला काण्ड: धितालसहित तीन दर्जनमाथि अनुसन्धान गर्न राष्ट्र बैंकको पत्र, को को मुछिए?

बिजमाण्डू
२०७४ चैत्र २ गते १३:२७ | Mar 16, 2018
काठमाडौं। दुई अर्ब रुपैयाँमध्ये १५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिव २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको छ। त्यसै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका १३ जनालाई पक्राउ गरिसकेको छ।
 
राष्ट्र बैंकले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल, सञ्चालक रिता बदि श्रेष्ठ सेवाचार्य, इच्छावहादुर गुरुङ, छविरमण अधिकारी, लोकेन्द्रमान कर्मचारी, सुवर्णराज भण्डारी, प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्ट, वित्त विभाग प्रमुख दुर्गादत्त जोशीलगायतमाथि छानबिन गरि कारवाही अगाडि बढाउन आग्रह गरेको थियो।
 
राष्ट्र बैंकले १२ दिनअघि कारवाहीको सिफारिस गरेको थियो। राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा ऋण दूरुपयोगको फाइल पुगेको थियो। त्यहाँबाट मिलाउन सकिन्छ कि भनेर धितालले कांग्रेस नेतालार्इ प्रयोग समेत गरेका थिए।
 
तर राष्ट्र बैंक बोर्डले कारवाही अगाडि बढाउन अग्रसरता देखाएपछि धिताल लगायत हच्किएका थिए। सुपरिवेक्षण विभाग नेतृत्व गरेका डेपुटी गभर्नर शिवराज श्रेष्ठले तत्काल सिआइबी नपठाउने अडान लिए पनि अन्तत फाइल सुपरिवेक्षण विभाग, कानुन महाशाखा हुँदै सिआइबी पुर्याइएको थियो। 
 
राष्ट्र बैंकले कर्जा विभाग प्रमुख, धितो मूल्यांकनकर्तालगायतमाथि पनि छानविन गर्न सिआइबीलाई लेखेको छ।

Tata
GBIME
Nepal Life