एनआइसी एसियाको कामु प्रमुख कार्यकारीमा रोशन न्यौपाने, लक्ष्मण रिसालको राजीनामा स्वीकृत

बिजमाण्डू
२०७४ चैत्र २ गते १२:१५ | Mar 16, 2018
काठमाडौं। एनआइसी एसिया बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपानेलाई नियुक्त गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले गरेको राजीनामा पनि स्वीकृत गरेको छ।


 
न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए। रिसालको राजीनामासँगै न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो।रिसालले कार्यकाल बाँकी छँदै राजीनामा गरेका थिए। 

Tata
GBIME
Nepal Life