मुक्तिनाथ बैंकको प्रमुख कार्यकारीमा प्रद्युम्न पोखरेल नियुक्त, बैशाख मसान्तसम्म भरत ढकाल

बिजमाण्डू
२०७४ चैत्र २ गते ११:५१ | Mar 16, 2018
मुक्तिनाथ बैंकको प्रमुख कार्यकारीमा प्रद्युम्न पोखरेल नियुक्त, बैशाख मसान्तसम्म भरत ढकाल
काठमाडौं। मुक्तिनाथ विकास बैंकले प्रद्युम्न पोखरेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आगामी चार बर्षका लागि पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो। 
 
उनी मेगा बैंक नेपालबाट मुक्तिनाथ विकास बैंक गएका थिए। प्रमुख कार्यकारी अधिकृतबाट भरत ढकालको कार्यकाल बैशाख मसान्तबाट सकिँदैछ। उनी २०६३ मा बैंक स्थापना भएदेखि नै मुक्तिनाथको प्रमुख कार्यकारी अधिकृत थिए।
 
पोखरेलले १९९१ मा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन्। उनले नबिलमा विभिन्न विभागको नेतृत्व गरेर १९ बर्ष बिताए। त्यसपछि २०१० मा मेगा बैंक गएका थिए। मेगा बैंकमा २०१६ को अन्तिममा छाडेर उनी मुक्तिनाथ डेपुटी प्रमुख कार्यकारीका रुपमा गएका गए। उनी 'साइन्स ब्याकग्राउन्ड' का भए पनि स्नातकोत्तर 'मार्केटिङ' मा गरेका छन्। 

Tata
GBIME
Nepal Life