वीरगंजमा ‘मेगा महोत्सव’ शुरु, चैत १२ गतेसम्म चल्ने मेलामा २ लाख दर्शक भित्र्याउने लक्ष्य

बिजमाण्डू
२०७४ चैत्र १ गते ११:११ | Mar 15, 2018

वीरगंज। प्रदेश नं २ को एक मात्र महानगर तथा आर्थिक नगरी वीरगंजमा ‘मेगा वीरगंज महोत्सव’ शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश २ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरे ।

Tata
GBIME
Nepal Life

उनले आर्थिक समृद्धिका लागि महोत्सव महत्वपूर्ण रहेको बताए। स्थानिय तथा क्षेत्रीय उत्पादनलाई राष्ट्रिय स्तरमा पहिचान दिलाई उद्योग–व्यापार प्रवर्द्धनमा यस्ता महोत्सवले अग्रणी भूमिका निर्वाह गर्ने उनको भनाई छ।  

म्याक्स ईन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङ र नेपाल मिडिया हबले आयोजना गरेको महोत्सवमा १ सय ६० स्टल राखिएका छन् । मेलामा खाद्यान्न, लत्ता कपडा, जुत्ता घरायसी सामाग्रीका साथै गाडीहरु समेत प्रदर्शनीमा राखिएको बताइएको छ।

वीरगंज आदर्शनगर स्थित रंगशालामा जारी मेला चैत १२ गते सम्म चल्ने आयोजकले जनाएको छ।