हाईब्रिड मकै लगाउने किसानको बिजोग, दाना नलाग्दा किसान पीडित, नलाग्नुको यस्तो छ कारण

बिजमाण्डू
२०७४ चैत्र १ गते १०:५५ | Mar 15, 2018
वीरगंज। हरेक वर्षझै यस वर्ष पनि बाराका मकै किसानले ठूलो नोक्सानी बेहोर्नु परेको छ। खराब मौसम र खराब बीउका कारण लगाइएको मकैको घोघामा दाना नलाग्दा उनीहरु पीडित बनेका हुन्।
 
बारा मकै उत्पादनको पकेट क्षेत्र पनि हो। तर हजारौ हेक्टरमा लगाइएको मकैको घोघामा दाना नलाग्दा हजारौ किसान मर्कामा परेको सिम्रौनगढका किसान जवाहर साहले बताए। उनले ५ विघामा मकै बाली लगाएका थिए। तर सबै मकै बालीमा दाना नलागेर बर्बाद भएको छ।
 
दाना नलाग्दा बाराका कृषक अब मकैको बोट काटेर धान बाली लगाउनेतर्फ अग्रसर देखिएका छन्।
 
जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साहका अनुसार बारामा यसपाली करिब ३ हजार हेक्टर क्षेत्रफलमा लगाइएको मकै बालीमा दाना लागेन। उनले कृषकले भारतबाट आयात गरी लगाएको हाईब्रिड जातको मकै र चिसो मौसममा मकै लगाएकोले दाना नलागेको बताए। बारामा करिब १३ हजार हेक्टर क्षेत्रफलमा हिउँदे, वषन्ते र वर्षे मकै लगाइन्छ। सबैभन्दा बढि हिउँदे मकै लगाइन्छ। यसवर्ष बारामा ४ हजार ६ सय ३५ हेक्टरमा हिउँदे मकै लगाइएको उनले बताए। 
 
बाराको नीजगढ, जीतपुरसिमरा, रतनपुरी, कोहल्बी, सिम्रौनगढ, करैया, पचरौता, मोतिसरलगायत क्षेत्रका बालीमा दाना लागेको छैन।  एक हेक्टरमा औसत साढे ५ मेट्रिक टन मकै उत्पादन हुन्छ। मकैको मुल्य प्रति किलो २२/२३ रुपैयाँ छ। यसरी हेर्ने हो भने एक हेक्टरमा करिब एक लाख रुपैयाँको क्षति देखिन्छ। 
 
अर्थात ३००० हजार हेक्टरमा करिब ३० करोड रुपैयाँको क्षति भएको जिल्ला कृषि विकास कार्यालय बाराको प्रारम्भिक अनुमान छ। 
 
मकैमा किन लाग्दै दाना
क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख वैज्ञानिक तुफैल अख्तरले मकैमा दाना नलाग्नुको पछाडि दुई वटा कारण रहेको बताए। एक त उचित मौसममा मकै लगाइएन भने दाना लाग्दैन, अर्को मकैको बीउ यदि कमसल छ भने पनि दाना लाग्दैन। 

Tata
GBIME
Nepal Life