सनराइज बैंकले बचतकर्तालार्इ स्वास्थ बीमा सेवा दिने, बढीमा एक लाखसम्म उपचार खर्च पाउने

बिजमाण्डू
२०७४ फागुन ३० गते १७:४० | Mar 14, 2018

काठमाडौं। सनराइज बैंकले आफ्ना बचत खाताका ग्राहकहरुलार्इ स्वास्थ उपचार बीमा सुविधा प्रदान गर्ने भएको छ। बैंकमा खाता खोलेको पहिलो दिनदेखिनै यस्तो सुविधा दिने  जनाएको छ।

Tata
GBIME
Nepal Life

स्वास्थ बीमाको लागि बैंकले बुधबार शिखर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे।

सम्झौतापत्रमा बैंकका बचतकर्ताले अस्पताल भर्ना भर्इ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा एक लाख रुपैयाँ वा वचत खातामा रहने वार्षिक औषत मौज्दातको २५ प्रतिशत भन्दा नबढ्ने गरी दाबी गर्न पाउने रहेको छ।

बैंकले स्थापनाकाल देखिनै आप्ना बचत खाताका ग्राहकहरुको लागि सामुहिक दुर्घटना बीमाको सेवा प्रदान गर्दै आएको छ। बैंकले दुर्घटनामा परेका बचतकर्ताको मृत्यु भएमा वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बा बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न पाउने व्यवस्था गर्दै आएको छ।

यो सम्झौतासँगै बैंकका बचत खाताका ग्राहकले दुर्घटना र स्वास्थ बीमा पाउने भएका छन्।