उन्नती माइक्रोफाइनान्सले शेयरधनीलाई २५% हकप्रद दिने निर्णय, चुक्ता पूँजी करिब ७ करोड पुग्ने

बिजमाण्डू
२०७४ फागुन ३० गते १३:१३ | Mar 14, 2018

काठमाडौं। उन्नती माइक्रोफाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

संस्थाको संचालक समितिको वैठकले चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँको २५ प्रतिशतबाट हुन आउने एक करोड ३७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको जनाएको छ।

संस्थाले हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी ६ करोड ८७ लाख रुपैयाँ पुग्नेछ। संस्थाले चार कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो। साधारणसभाबाट निर्णय भएपछि शेयरधनीले हकप्रद पाउनेछन्।