नेपाल स्टक एक्सचेन्जको भवन अत्याधुनिक बन्यो, ४७ लाख खर्चेर बाहिरी आवरण परिवर्तन

बिजमाण्डू
२०७४ फागुन २९ गते १६:५० | Mar 13, 2018

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) को रुप फेरिएको छ। पुरानो भवनको बाहिरी भाग परिवर्तनपछि नेप्सेको भवन अत्याधुनिक देखिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले  करिब ४७ लाख रुपैयाँ खर्चेर भवनको बाहिरी आवरण परिवर्तन गरेको जनाएको छ।

नेप्सेले असार अन्तिम साता एएनजी कन्स्ट्रक्सन कम्पनीलाई भवनको चारैतिरको आवरण परिवर्तन गर्न ठेक्का दिएको थियो। नेप्सेका अनुसार तीन महिनामै भबनको स्वरूप परिवर्तन गर्ने भनिएको भएपनि गत पुसमा मात्र स्वरूप परिबर्तनको काम सम्पन्न भएको हो।

परिवर्तित भवनमा "प्लेट डिसप्ले" राख्ने योजना नेप्सेको बनाएको छ। डिस्प्ले राखेपटि सर्वसाधारणले दोस्रो बजारमा भएको कारोबारलाई प्लेट डिस्प्लेबाटै प्रत्यक्ष हेर्न सक्ने छन्।