लगानीकर्ता श्वेतपत्रको पर्खाइमा रहँदा शेयर कारोबार ८ करोडले खुम्चियो, नेप्सेमा ४ अंकको सुधार




काठमाडौँ। दुई दिन घटेको शेयर बजारमा तेस्रो दिन मंगलबार सुधार देखिएको छ। साताको पहिलो र दोस्रो दिन घट्दो क्रममा देखिएको बजार मंगलबार कारोबारको सुरुवात देखिनै बढ्दो लयमा देखिएको थियो। कारोबार मापक सूचक बढेको भएपनि कारोबार रकमभने ह्वात्तै घटेको छ।



मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.८९ अंकले बढेर १२८१.९० अंकमा उक्लिएको छ। आइतबार र सोमबार बजारले ३८.१२ अंक गुमाएको थियो। दुई दिनमा बजारले ४.८९ अंक पूर्ति गरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३० अंकले बढेर २७२.७७ अंकमा उक्लिएको छ।

लगानीकर्ता सरकारले ल्याउने भनेको श्वेतपत्रको पर्खाइमा रहँदा बजारमा स्थिरता देखिएको लगानीकर्ता ज्योति दाहालले जानकारी दिए। श्वेतपत्रले कसरी सम्बोधन गर्ला भन्ने अन्यौलमा लगानीकर्ता रहँदा कारोबार रकम समेत घटेको दाहालको भनाई छ।         
   
मंगलबार १५६ कम्पनीका २३ करोड ७० लाख रुपैयाँको कारोबार भयो। अघिल्लो दिनको तुलनामा कारोबार रकम आठ करोड रुपैयाँ कम हो। सोमबार ३१ करोड रुपैयाँको कारोबार भएको थियो। सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २१ लाख रुपैयाको कारोबार भयो।



उपसूचक मिस्रित देखिएका छन्. नौ समुहको कारोबारमा सात समूह बढेका छन् भने तीन समूह घटेका छन्। बैंक ५.७१, होटल ६१.५४, विकास बैंक १.४५, जलाबिद्युत ९.३९, फाइनान्स ३.१९ र अन्य ७.१२ अंकले बढेका छन्। बीमा १०.६८, उतपादन मुलक समूह ३२.६५ र लघुवित्त ४.२९ अंकले घटेको छ।

श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ७.१४ प्रतिशत कमाएका छन्। अरुण फाइनान्सक शेयरधनीले सबैभन्दा बढी ४.८२ प्रतिशत गुमाए।          
    
         
 
 

Share this Story

   

लगानीकर्ता श्वेतपत्रको पर्खाइमा रहँदा शेयर कारोबार ८ करोडले खुम्चियो, नेप्सेमा ४ अंकको सुधार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.