विमान दुर्घटनाबारे बुझ्न बंगलादेशका उड्डयन मन्त्री र परराष्ट्र राज्यमन्त्री काठमाडौं आए

बिजमाण्डू
२०७४ फागुन २९ गते १४:१९ | Mar 13, 2018

काठमाडौं। सोमबार भएको विमान दुर्घटनाको अवस्था बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री नेपाल आइपुगेका छन्।

Tata
GBIME
Nepal Life

ढाकाबाट काठमाडौँका लागि उडेको विमान अवतरणका क्रममा सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५० जनाको निधन भएको थियो।

बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पहिलो पोस्टलाई जानकारी दिए।

नागरिक उड्डयन मन्त्रीको नेतृत्वमा आउने प्रतिनिधि मन्डलमा बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका अप्रेसन तथा फ्लाइट सेफ्टी निर्देशक समेत सहभागी छन्।

उनीहरु विमान बंगलादेश एयरलाइन्सको नियमित उडान मार्फत मंगलबार मध्यान्न नेपाल प्रस्थान गरेको नागरिक उड्डयन मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बंगलादेशको सरकारी समाचार एजेन्सी बंगलादेश संवाद संस्था (बीएसएस)ले जनाएको छ।