माछापुच्छ्रे बैंकको एमविएल स्मार्ट खाता, न्यूनतम पाँच हजार राखे हुने, ब्याज ६ प्रतिशत पाइने

बिजमाण्डू
२०७४ फागुन २९ गते १४:१३ | Mar 13, 2018

काठमाडौं।माछापुच्छ्रे बैंकले आकर्षक सुविधासहितको एमविएल स्मार्ट वचत खाता संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो खातामा न्यूनतम पाँच हजार वचतमा ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ।बैंकका अनुसार यो खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधा समेत पाउनेछन्।

स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड,क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा समेत ५० प्रतिशत छुट पाउने बैंकले जनायो।यो खाता खोलेपछि ग्राहकले अब घरमै बसेर आफ्नो बचतलाई मुद्दतीमा रुपान्तरण गर्नसक्ने बैंकले जनायो।

बैंकनै नपुगि इलेक्ट्रोनिक माध्यमबाट खाता सञ्चालनमा ल्याउन स्मार्ट वचत खाता संचालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ।