नेपाल इन्भेष्टर फोरमले भन्यो-'१५ लाख लगानीकर्ताको मनोबल खस्कियो, अनावश्यक हल्ला चलाइयो'




काठमाडौं।लगातार शेयर बजार घटेपछि नेपाल इन्भेष्टर फोरमले १५ लाख भन्दा बढी लगानीकर्ताको मनोबल खस्किएको जनाएको छ।

नयाँ सरकार र अर्थमन्त्रीको नियुक्तीपछि पनि बजारले सकारात्मक बाटो नलिएपछि फोरमले सोमबार विज्ञप्ति जारी गर्दै पूँजी बजार घट्ला लगानीकर्तामा मनोवैज्ञानिक असर परेको उल्लेख गरेको छ।
‘आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्दै गर्दा अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर घटिरहदा १५ लाख भन्दा धेरै लगानीकर्ताको भावनामा चोट पुगेको छ, फोरमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, विगतमा लगानीका अन्य क्षेत्र नहुँदा शेयर बजारमा प्रवेश गरेकाविद्यार्थी, निजामति कर्मचारी, सेना तथा प्रहरी, गृहिणी  साना व्यवसायीले शेयर बजारमा लगानी गरेका छन्। तर बजार निरन्तर रुपमा ओरालो लाग्दा तिनै लगानीकर्ता निरुत्साहित भएका छन्।‘


फोरमले स्वेदेशी पूँजी निर्माणको लागि पूँजी बजार निर्विकल्प आधार भएको जनाउँदै पूँजी बजारको विकास विस्तारको लागि सरोकारवाला निकायलार्इ ध्यानाकर्षण गराएको छ। पूँजी बजारमा आएको विकासले आगामी दिनमा नेपालको शेयर बजार सुनौलो रहेने बताउँदै हल्लाको पछाडी नलाग्न फोरमका अध्यक्ष अम्विकाप्रसाद पौडेलले  आग्रह गरेका छन्।




Share this Story

   

नेपाल इन्भेष्टर फोरमले भन्यो-'१५ लाख लगानीकर्ताको मनोबल खस्कियो, अनावश्यक हल्ला चलाइयो' को लागी १ प्रतिक्रिया(हरु)

Ram[ 2018-03-13 11:12:55 ]
साथिहरु ले माग गर्नु भयो धन्यवाद तर सम्बन्धित निकायले किन वास्ता गरको छैन पटक पटक माग गर्दा र यो ब्याज रेट नमिलाउने खाली लगानीकर्ता मात्र घाटा खाने के हो एस्तो अन्तका बजार ५००० , १५००० जस्ता कुरा चल्छ तर नेपालमा १५०० , २००० पनि नेप्से पुग्न नसक्ने अझ ९०० वा १००० मे झर्छ भनी त्रास बनाउने के हो के

   हालसम्म ७५ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.