तरलता अभाव लम्बिने आशंकाले शेयर बजार अस्थिर, ७ अंकले घटेको बजारमा एभरेष्ट बैंकको बढी कारोबार




काठमाडौँ।कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको शेयर बजार  सोमाबर घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ७.०८ अंकले घटेर १२७७.०१ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५९ अंकले घटेर २७१.४७ अंकमा झरेको छ।



पछिल्लो समय बैंकको ब्याजदरको बिषयलाई लिएर बैंकर एसोसिएसन र एनआईसी एशियाबीच चर्किएको विवादले शेयर बजार घटेको लगानीकर्ता ध्रुब पाण्डेले बताए। तरलता समस्याका बिषयमा बारम्बार खबर आउने गरेको भएपनि पछिल्लो समयको विवादले वास्तविक तरलताको समस्या उजागर भएको र त्यसै कारणले लगानीकर्ताको मनोबल घट्दा बजार घटेको पाण्डेको तर्क छ।

सोमबार बजारमा केहि समय सुधार देखिएको थियो। पाण्डेका अनुसार सरकारले ल्याउने श्वेतपत्रमा शेयर बजार बिषयमा सम्बोधन हुन्छ भन्ने लगानीकर्ताको अपेक्षाले बजारलाई थोरै टेवा दिएको कारण केही समय बजार बढेको थियो। बजार बढ्छ भन्ने भन्दा बजार घट्छ भन्ने लगानीकर्ताको  बाहुल्य हुँदा बजार घटेको पाण्डेले बताए।

१२८४ अंकबाट सुरु भएको बजार कारोबारको सुरुवातमा बढ्दो गतिमा देखिएको थियो। बजार खुलेको १० मिनेटमै दुई अंक बढेको बजारले घट्दो लय समातेको थियो। साढे १२ बजे बजार १० अंक घटेर १२७३ अंकमा ओर्लिएको थियो। साढे एक बजे बजार पाँच अंक उक्लिदै १२८९ अंकको उचाई बनाएको थियो। तर बजारको वृद्धि कायम हुन सकेन र अन्तमा बजार घटेर बन्द भएको छ।



सोमबार १५४ कम्पनीका सात लाख ७० हजार कित्ता शेयर ३१ करोड ३१ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ५२ लाख रुपैयाँको कारोबार भयो।

नौ समूहको कारोबारमा उत्पादनमूलक बाहेक सबै घटेका छन्। उत्पादन मूलक समूह २०.९४ अंकले बढेको छ। बैंक ७.२२,होटल ३५.६९, विकास बैंक १.०५, जलबिद्युत १३.१४, फाइनान्स ३.३७, बीमा ६.६, अन्य ४.४५ र लघुवित्त १९.३ अंकले घटेका छन्।

सोमबार सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाए। काबेली विकास बैंकका शेयरधनीले ५.३३ प्रतिशत गुमाएका छन्।                          
                                

Share this Story

   

तरलता अभाव लम्बिने आशंकाले शेयर बजार अस्थिर, ७ अंकले घटेको बजारमा एभरेष्ट बैंकको बढी कारोबार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.