महिन्द्राको ‘ठूलै छ अफर’ योजनाका बिजेता घोषणा, दुई जनाले पाए महिन्द्राका कार उपहार

बिजमाण्डू
२०७४ फागुन २७ गते १२:४२ | Mar 11, 2018

काठमाडौं।महिन्द्रा मोटर्सको अधिकृत विक्रेता अग्नि इन्कर्पोरेटेडले 'ठूलै छ अफर ठूलै छ महिन्द्रा' योजना अन्तर्गत  इको फ्रेण्डली तथा  प्रिमियम सेगमेन्टमा दुईवटा बम्पर पुरस्कार विजेता घोषणा गरेको छ। 

Tata
GBIME
Nepal Life

१२ सय  ग्राहकमध्ये होम बहादुर पुन इको फ्रेण्डली बम्पर पुरस्कारका बिजेता भए। उनले पुरस्कार बापत  इटुओ विद्युतीय कार समेत जितेका छन्।  पुनले महिन्द्राको टियुभी ३०० टी सिक्स प्लस खरिद गरेका थिए।

लक्की ड्र मा  प्रिमियम बम्पर पुरस्कार स्वरुप सुर्खेतको  जिटी कन्सट्रक्सन कम्पनीले एक्सयुभि ५०० पाएको छ। कम्पनीका अनुसार विजेताले महिन्द्राको बोलेरो क्याम्पर फोर ह्विलर खरिद गरेका थिए।    

आकस्मिक लाभ तथा पुरस्कार अन्तर्गत पाइएको गाडीको २५ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नाडा अटो शोदेखि कात्तिक मसान्तसम्म आयोजना भएका बिभिन्न अफरमा ग्राहकले यसअघि आधा तोला सुन र लक्की ड्र अन्तर्गत गस्टो स्कुटर, मोजो बाइक लगायतका पुरस्कार जितिसकेका छन्।