अध्यक्ष नभएको भन्दै एनआइसी एसियाले बैंकर्स संघलाई पत्र लेख्यो, ‘ब्याज बारे निर्णय गर्न गाह्रो छ’

बिजमाण्डू
२०७४ फागुन २७ गते १२:०२ | Mar 11, 2018
काठमाडौं। एनआइसी एसिया बैंकले बैंकर्स संघलाई पत्र लेख्दै केही दिन पर्खन आग्रह गरेको छ। बैंकले संघलाई पत्र लेख्दै सञ्चालक समितिका अध्यक्ष अहिले अनुपस्थित रहेका कारण तत्काल केही निर्णय गर्न नसकिएको जानकारी गराउँदै संघबाट भए गरेका निर्णयहरु सञ्चार माध्यममा सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।
 
'ब्याज दर घटाउने/नघटाउने बारे पत्रमा केही पनि छैन। अध्यक्ष यहाँ नभएका कारण ब्याजका बारेमा निर्णय गर्न सकिने अवस्था नरहेको भन्ने छ' आइतबार संघको वैठकबाट वाहिरिँदै एक बैंकरले भने, 'अध्यक्ष नआउन्जेल कुर्नलाई भनिएको छ।'
 
बैंकरबीच ब्याज निर्धारण गर्ने काम अध्यक्षको नभइ ब्यवस्थापनको भएकाले एनआइसी एसियाले 'घुमाउन' खोजेको भन्दै अन्तर बैंक कारोबार नगर्ने निर्णयलाई निरन्तरता दिने सहमति भएको छ।
 
'हाम्रो अध्यक्षसँग पनि (ज्ञानेन्द्र ढुङ्गानासँग) बैंकका सहायक सिइओ (रोशन न्यौपाने) ले भेटेर रिक्वेस्ट गर्नु भएको रहेछ' ती बैंकरले भने, 'ब्यवस्थापनको एउटा निर्णयबाट हुने कुरा अध्यक्षतिर देखाएर हामीलाई केही दिन खेलाउने जस्तो आशय बुझियो। हामीले उसको आग्रह अनुसार जान जरुरी छैन भन्ने नै सबै बैंकरको मत भयो।'
 
संघले आफ्नो निर्णयलाई निरन्तरता दिँदै एनआइसी एसियासँग कुराकानी जारि राख्ने भएको छ। 'कुराकानी नगर्ने भन्ने हुँदैन। हामी सम्पर्कमै छौं' ती बैंकरले भने, 'प्रणालीलाई अप्ठेरोमा पार्ने काम उसले (एनआइसी एसिया) छाड्नु भर्यो। यति भएपछि कुरा मिलिहाल्छ।' 

Tata
GBIME
Nepal Life