नेपाल बैंकको एफपिओः साधारणसभाले सञ्चालक समितिलाई दियो अधिकार, कहिले आउला एफपिओ?




काठमाडौं। नेपाल बैक लिमिटेडको ५८ औ वार्षिक साधारणसभाले बैकको पुँजीगत अवस्था सुदृढिकरण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठसय रुपैयाँको एफपिओ जारी सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको छ। 
 

 
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले चुक्ता पुँजी ८ अर्ब ४ करोड रहेको यस बैकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ६३ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। पुस मसान्तसम्ममा बैंकले ९१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 
 
बैंकले ५४ जिल्लामा १३५ शाखा ११ एक्सटेन्सन काउन्टर र ५४ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको जनाएको छ। बैंकले भविष्यमा पनि ग्राहकलाई लक्षित गरी नयाँ एवं आधुनिक बैंकिङ सेवा सुरु गर्ने जनाएको छ।


Share this Story

   

नेपाल बैंकको एफपिओः साधारणसभाले सञ्चालक समितिलाई दियो अधिकार, कहिले आउला एफपिओ? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.