एनआईसी एशिया बैंकको नयाँ शाखा मकवानपुरको भिमफेदीमा, देशभर १८१ स्थानमा शाखा बिस्तार

बिजमाण्डू
२०७४ फागुन २५ गते १५:१६ | Mar 9, 2018

काठमाडौं। एनआईसी एशिया बैंकले मकवानपुरको भिमफेदी गाउपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

नयाँ शाखा संचालनमा आएसँगै बैंकको कुल शाखा संख्या १ सय ८१ वटा पुगेको । बैंकले देशभर १ सय ८३ वटा एटिएम, ४ एक्टेन्सन काउन्टर र ३ शाखा रहित बैंकिङ सेवा उपलव्ध गराउँदै आएको जनाएको छ।

आगामी दिनमा अझै शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।