प्रभु बैंकको शाखा बिस्तार, बाग्लुङको बरेङ्ग र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शाखा थपियो

बिजमाण्डू
२०७४ फागुन २५ गते १४:४९ | Mar 9, 2018

काठमाडौं। प्रभु बैंकले बिभिन्न स्थानमा शाखा बिस्तार गरेको छ। बैंकले बाग्लुङको बरेङ्ग गाउँपालिका र कास्कीको माछापुच्छे  गाउँपालिकामा शाखा संचालनमा ल्याएको जनाएको छ।

Tata
GBIME
Nepal Life

बाग्लुङको बरेङ्ग शाखाको बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्घाटन गरे।

यसैगरी माछापुच्छ्रे गाउँपालिका ४ स्थित शाखाको गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दवाडीले उद्घाटन गरेको बैंकले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।
 
दुई शाखा बिस्तारले बैंकका सेवाग्राहीहरुलाई लाभ पुग्नुका साथै दुवै गाउँपालिकको समग्र आर्थिक विकासमा टेवापुग्ने बिज्ञप्तीमा उल्लेख छ।