बैंकर्स संघको निर्णयमाथि एनआइसीको प्रतिकृया: ‘एउटा अप्ठेरोमा पर्दा प्रणाली नै अप्ठेरोमा’

बिजमाण्डू
२०७४ फागुन २५ गते १३:५३ | Mar 9, 2018
काठमाडौं। कुनै पनि किसिमको अन्तर बैंक कारोबार नगर्ने भनेर बैंकर्स संघले संगठित रुपमा गरेको निर्णयलाई एनआइसी एसिया बैंकले 'खुला बजार प्रतिस्पर्धाको अभ्यास' विरुद्ध भनेको छ। बैंकले आफ्नो ब्यवसाय विस्तार गर्ने क्रमलाई निरन्तरता दिने जनाएको छ।
 
'सार्वजनिक मिडियामा आएको बाहेक हामीलाई धेरै कुरा थाहा छैन' बैंकका प्रमुख सुचना अधिकृत सुधीर पाण्डेले बिजमाण्डूसँग भने, 'हामी आफ्नै नीति अनुसार अगाडि बढ्छौं।'

बैंकहरु बजारको संयन्त्रलाई पच्छ्याएर अगाडि बढ्नु पर्छ। त्यसलाई अवरुद्ध गरेर जाँदा झन् ठूलो समस्या आउँछ। हामी लामो समय शान्त पनि बसेका हौं। सबै जना मार्केट इक्युलिबिरियम अनुसार चल्नु पर्छ। सबैजना संयमित भएर जानु पर्छ। कुनै पनि संस्था समस्यामा आउँदा समग्र प्रणालीलाई असर पर्छ। टिकाउ रुपमा अगाडि बढ्नु पर्छ। 
गत शुक्रबार एनआइसी एसिया सहितको बैठकमा बैंकर्स संघले बचत खातामा ८ र मुद्दती खातामा ११ प्रतिशतभन्दा वढि ब्याज नदिने सहमति गरेको थियो। यो सहमति विपरित एनआइसी एसियाले बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दिएपछि संघको आज बसेको आकस्मिक बैठकले एनआइसीसँग कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको छ।
 
यही निर्णयलाई एनआइसीले 'खुला बजार प्रतिस्पर्धाको अभ्यास विरुद्ध' को कदम भनेको हो। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बैंकले निक्षेप उठाएर कर्जा लगानी गरिरहेको जानकारी दिँदै आफ्नो गतिमा बढिरहेको बताए। 'खुला बजार अर्थतन्त्रमा सबैले स्वतन्त्र रुपमा कारोबार गर्न पाउँछन्' उनले भने, 'त्यसलाई कसैले पनि अबरुद्ध गर्नु हुँदैन।'
 
उनले सर्वसाधारणको १२४ अर्ब रुपैयाँ निक्षेप बोकेको बैंकप्रति असहज ब्यवहार गर्दा समग्र प्रणालीलाई नै अप्ठेरो पर्ने भन्दै त्यस्तो अभ्यास कसैले पनि गर्न नहुने बताए। 
 
बैंकर्स संघले विगतमा गरेको सहमति सक्दो एनआइसी एसिया बैंकले पालना गरेको बताउँदै न्यौपानेले समग्र अर्थतन्त्र र ग्राहक वर्गको हितका लागि ब्याज बढाएर निक्षेप संकलन गर्नु परेको दावी गरे। 'कार्टेल गरेर ब्याजलाई तल झार्न सकिँदैन। तरलता प्रवाह गरेर मात्र ब्याज दर तल आउने हो' उनले भने, 'अहिले बजारमा तरलता अभाव भएका कारण बढि ब्याजमा पैसा लिएर ब्यापार विस्तार गर्नु पर्ने अवस्था आएको हो।'
 
उनले बैंकहरु बजारको संयन्त्रलाई पच्छ्याएर अगाडि बढ्नु पर्ने भन्दै त्यसलाई अवरुद्ध गरेर जाँदा झन् ठूलो समस्या आउने बताए। 'हामी लामो समय शान्त पनि बसेका हौं,' उनले भने, 'सबै जना मार्केट इक्युलिबिरियम अनुसार चल्नु पर्छ। सबैजना संयमित भएर जानु पर्छ। कुनै पनि संस्था समस्यामा आउँदा समग्र प्रणालीलाई असर पर्छ। टिकाउ रुपमा अगाडि बढ्नुपर्छ।' 

Tata
GBIME
Nepal Life