निरब मोदीपछि अब ‘रिड एण्ड टेलर’ बन्यो भारतीय बैंकको टाउको दुखाई, टाट पल्टिएको घोषणा

बिजमाण्डू
२०७४ फागुन २५ गते ११:३५ | Mar 9, 2018

नयाँ दिल्ली। भारतको रिड एण्ड टेलर कम्पनी टाट पल्टेको  छ। कम्पनीले भारतका बिभिन्न बैंकहरुबाट लिएको ठूलो परिमाणको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै टाट पल्टेको घोषणा गर्न लागिएको ब्लुमबर्गले जनाएको छ।

Tata
GBIME
Nepal Life

५ हजार करोड भारतीय रुपैयाँ लोन डिफल्ट भएपछि ब्राण्डको भारतस्थित प्यारेन्ट कम्पनी एस कुमार्स नेशनवाइड कम्पनीलाई टाट पल्टेको घोषणा गर्न लागिएको हो।

भारतका अमिताभ बच्चन, शाहरुख खान जस्ता अभिनेताहरु ब्राण्ड एम्बेसडर रहिसकेका यो कम्पनीका प्रमोटर नितिन कासलीवाललाई अधिकांश बैंकहरुले ‘विलफुल डिफल्टर’ घोषणा गरेका छन्।

१७० वर्ष पुरानो बेलायती ब्राण्ड रिड एण्ड टेलर सन् १९९८ मा भारत आएको थियो। भारतको मैसुरमा फेब्रिक प्लान्ट खोली कम्पनीले सेवा सुरु गरेको थियो। सुटिङ सेग्मेन्टमा विश्वकै नामी कहलिएको ब्राण्डको भारतस्थित प्यारेन्ट कम्पनी भने ऋणको भूमरीमा फसेको छ।

अलेक्जेन्टर रिड नामका स्कटिसले अर्का लगानीकर्ता जोसेफ टेलरसँग मिलेर सुरु गरेको कपडा उद्योगले विश्वभर नै सुटको उत्कृष्ट ब्राण्डका रुपमा स्थापित छ।