एफएनसीसीआर्इ उपाध्यक्षको निर्वाचन आज, उपाध्यक्षमा प्रधान, केसी र साउद, कसको पल्ला भारी?




काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/ नगर उपाध्यक्षको निर्वाचन आज हुँदैछ।महासंघको केन्द्रीय कार्यालय टेकुमा मध्यान्ह ११ बजेदेखि मतदान सुरु हुनेछ।



उपाध्यक्षको निर्वाचनमा किशोर प्रधान, निरक केसी र प्रकाश साउद उम्मेदवार छन्।प्रधान वरिष्ठ उपाध्यक्षमा पराजित हुन् भने केसी र साउद केन्द्रीय सदस्य हुन्।उनी नेपाल चेम्बर अफ कमर्शको प्रदेश नम्बर सातका प्रदेश सभापति भइसकेका छन्।

तीन जना उम्मेदवार भएपनि निर्वाचन भने प्रधान र केसीबीच हुनेछ।प्रधानलार्इ उपाध्यक्षमा ल्याउन महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल सबै भन्दा बढी लागेका छन्।उनको पक्षमा एक साता अघिदेखि महासंघकी अध्यक्ष भवानी राणा समेत खुलेर लागेकी छिन्।

सर्वोच्च अदालतमा मुद्दा रहँदासम्म मौन रहेकी राणा पछिल्लो समयमा आएर प्रधानको पक्षमा लागेकी हुन्।स्रोतका अनुसार नेपाल चेम्बर अफ कर्मश महासंघमा रुपान्तरण भएपछि लड्न/भिड्नसक्ने व्यक्ति प्रधान मात्रै हुने भन्दै उनलार्इ राणाले समर्थन गरेकी हुन्।निर्वाचनको पूर्वसन्ध्यामा विहिवार काठमाडौंमा दुबै पक्षले मतदाताका लागि वेलकम पार्टी गरेका थिए।राणा प्रधान समूहले पाटनमा रहेको वेलकम होटलमा भएको पार्टीमा मात्रै सहभागी भर्इन्।केसीको नक्सालको रेष्टुरेन्टमा पार्टी राखेका थिए।केसी महासंघलेनै र्‍याडिसनमा राखेको पार्टीमा सहभागी भए।उनले त्यही केही जिल्लाका मतदातासँग कुराकानीमा व्यस्त थिए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा दुबै पार्टीमा सहभागी भएनन्।महासंघका एक केन्द्रीय सदस्यका अनुसार प्रधानलार्इ जुनसुकै हालतमा उपाध्यक्ष ल्याएर वरिष्ठ उपाध्यक्ष स्वत :अध्यक्ष हुने प्रावधानलार्इ संशोधन गर्ने पक्षमा चण्डीराज ढकाल लागेका छन्।

ढकाल सधै शक्तिशाली भएर महासंघलार्इ आफ्नो अनुकुल प्रयोग गर्न चाहन्छन्।महासंघ संघीय संरचनामा गएपछि पनि ढकालको छाँयाबाट टाढा हुन सकेको छैन।अहिले पनि प्रदेशमा हुने अधिकांश कार्यक्रममा ढकालनै प्रमुख अतिथि रहने गर्छन्।अझ हरेक कार्यक्रममा उनी फ्रन्टसीटमा बस्छन् र अध्यक्षको जस्तै भूमिका देखाउँछन्।

त्यही भएर ढकालले अहिले प्रधानलार्इ उपाध्यक्षमा ल्याउन चाहेका हुन्।प्रधानको पक्षमा केही पूर्व अध्यक्ष समेत छन्।पूर्व अध्यक्ष कुशकुमार जोशी,प्रदीपकुमार श्रेष्ठ लगायतको समर्थन छ।प्रधानलार्इ ल्याउन नहुने पक्षमा वरिष्ठ उपाध्यक्ष गोल्छासहितका पदाधिकारी छन्।सुरज वैद्य,विनोदबहादुर श्रेष्ठ लगायतका केही पूर्व अध्यक्षले केसीलार्इ सहयोग गरेका छन्।

एशोसिएटका उपाध्यक्ष चन्द्र ढकाल भने खुलेका छैनन्।स्रोतका अनुसार उनी वरिष्ठ उपाध्यक्षको निर्वाचन लड्नका लागि दुबैतर्फ बराबरी देखाउन चाहिरहेका छन्।‘उहाँले दुबैतर्फ बराबरी रहेको देखाउन खोजिरहनुभएको छ’ती केन्द्रीय सदस्यले भने,वरिष्ठ उपाध्यक्षका लागि अहिलेदेखिनै उहाँले ठाउँ बनाउन खोजिरहनुभएको छ।

जिल्ला नगर उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठले म्याग्दी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि उनको पद खारेज भएको थियो। यो रिक्त पदमा भदौं १९ गते निर्वाचन गर्ने निर्णय भएपनि श्रेष्ठले आफूलार्इ गैरकानुनी रुपमा हटाएको भन्दै सर्वोच्चमा रिट दायर गरे।

उनको रिटमा सुनुवार्इ गर्दै तत्कालका लागि विशेष सभा स्थगित भएको थियो।सर्वोच्चले साधारणसभा निरन्तर आदेश नआएपछि महासंघले उपाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको थियो।फेरी श्रेष्ठले साधारणसभा रोक्न माग गर्दै रिट निवेदन हालेका थिए । सर्वोच्चले बुधबार श्रेष्ठको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गर्यो।त्यसपछि आज निर्वाचनको बाटो खुलेको हो।



Share this Story

   

एफएनसीसीआर्इ उपाध्यक्षको निर्वाचन आज, उपाध्यक्षमा प्रधान, केसी र साउद, कसको पल्ला भारी? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.