चैत ९ गतेदेखि बलेवा एयरपोर्ट संचालनमा आउने, तारा एयरलाइन्स र एनएसीको ट्विनअटर उड्ने




काठमाडौं।बीस वर्षदेखि बन्द रहेको बाग्लुङको वलेवा विमानस्थल चैत ९ गतेदेखि संचालनमा आउने भएको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरण,बाग्लुङ नगरपालिका, नेपाल वायुसेवा निगम र यति एयरलाइन्स अन्तर्गतको तारा एयरबीच आज बसेको बैठकमा बलेवा एयरपोर्ट संचालनमा ल्याउने सम्झौता भएको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

उनका अनुसार चैत ९ गतेदेखि काठमाडौं- बाग्लुङ हप्तामा दुई दिन उडान हुनेछ। उनले भने, 'पहिलो फ्लाइट चैत ९ गते हुनेछ। हरेक हप्ता आइतबार र बिहीबार उडान हुने निर्णय भएको छ। तारा एयरले आइतबार उडान गर्ने र नेपाल वायुसेवा निगमले विहीबार उडान गर्ने र हरेक फ्लाइटमा १२ जना प्यासेन्जरको सुनिश्चितता वाग्लुङ नगरपालिकाले लिने सम्झौता भएको छ।'


 


Share this Story

   

चैत ९ गतेदेखि बलेवा एयरपोर्ट संचालनमा आउने, तारा एयरलाइन्स र एनएसीको ट्विनअटर उड्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.